back

आरएसडिसी लघुवित्तको खुद नाफा ६२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्ष ०७९/८० को दोस्रो त्रैमासमा आरएसडिसी खुद नाफा ६२.३४ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा ७ करोड ९४ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ४ करोड ८९ लाख रहेको थियो ।

यस अवधिमा कम्पनीको ब्याज आम्दानी ५६.३४ प्रतिशतले बढेर १४ करोड ७५ लाख पुगेको छ । कम्पनीको संचालन मुनाफा ५२.४४ प्रतिशतले बढेर १६ करोड ५१ लाख पुगेको छ । कम्पनीको वितरणयोग्य मुनाफा ६ करोड ५८ लाख रहेको छ ।

कम्पनीको चुक्ता पुँजी ८० करोड ५१ लाख रहेको छ । कम्पनीले लिएको सापटी ५ अर्ब ३२ करोड रहेको छ भने ६ अर्ब २८ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीको सापटी र कर्जा प्रवाह क्रमश २४.०३ प्रतिशत र २२.०६ प्रतिशतले बढेको हो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १९ रुपैयाँ ७३ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १३२ रुपैयाँ ४५ पैसा रहेको छ ।

वि.सं.२०७९ माघ ५ बिहीवार १०:२६ मा प्रकाशित

You can share this post!

मिथिला लघुवित्तले बोलायो साधारण सभा, लाभांश पारित गर्ने

मिथिला लघुवित्तले बोलायो साधारण सभा, लाभांश पारित गर्ने

वि.सं.२०७९ माघ २२ आइतवार १०:४८

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चौधौं वार्षिक साधारण...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०७९ माघ २२ आइतवार १०:३६

काठमाडौं । समता घरेलु लघुवित्तले लाभांश घोषणा गरेको छ ।...

आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ माघ २२ आइतवार ०९:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइबारको लागी विदेशी विनिमय दर...

आजदेखि विपिडब्लु लघुवित्तको आईपिओमा आवेदन दिन सकिने, कहिलेसम्म दिने ?

आजदेखि विपिडब्लु लघुवित्तको आईपिओमा आवेदन दिन सकिने, कहिलेसम्म दिने ?

वि.सं.२०७९ माघ २२ आइतवार ०९:३४

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन भएको...

छुटाउनुभयो कि ? ५ हजार कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

छुटाउनुभयो कि ? ५ हजार कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७९ माघ २२ आइतवार ०८:५३

काठमाडौं । शुभम पावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अर्थात...

लघुवित्त र सहकारी समस्यामा पर्दा मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको हो : शेखर गोल्छा

लघुवित्त र सहकारी समस्यामा पर्दा मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको हो : शेखर गोल्छा

वि.सं.२०७९ माघ २१ शनिवार २१:३४

नेपालमा जुन लोन र जिडीपीको रेसियो देखिएको छ, त्यो चिन्ताजनक...