back
NMB ad

ट्रस टर्मिनल भवन नहुँदा ताल्चा विमानस्थलमा दैनिक समस्या

Kumari bank ad

हेमन्त केसी,सुर्खेत । हवाइ सेवाको मेरूदण्डको रुपमा रहेको ट्रस टर्मिनल भवन ताल्चा मुगुमा निर्माण नहुँदा सेवा प्रवाहमा समस्य हुँदै आएको छ । सम्झौताअनुसार आर्थिक वर्ष २०७८/७९ मै निर्माण हुनुपर्ने भएपनि हाल सम्मा निर्माणको सुरसारै नभएको सरोकारवाला बताउँछन् ।

ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सनले समयमै काम नगर्दा ट्रस टर्मिनल भवन अलपत्र परेको हो ।  २०६० साल देखि काठको टहरा र कच्ची धावनमार्गमा हवाई सेवा सञ्चालनमा आएको रारा विमानस्थलमा २०७२ सालमा ५ सय ७० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्गमा  कालोपत्र गरेपनि मुख्य संवेदनशील टावर र टर्मिनल भवन नबन्दा समस्या भएको छ ।

ओमबद्धले आधुनिक ट्रस टर्मिनल भवन निर्माण गर्नलाई २०७६ साल असोज १६ मा ३० महिना भित्र आठ करोड ६५ लाख नौं हजार ९९४ रुपैयाँको लागतमा काम सम्पन्न गर्छु भन्दै काममा हात हालेको थियो । नागरिक उड्डयन प्राधिकरण एरोड्म  इन्जिनियरिङ विभागका इन्जिनियर महेश नेपालीले दिएको जानकारीअनुसार भारी काकेता गरिए पनि  आयोजनाको ६० प्रतिशत मात्र काम भएको छ ।

रारा नागरिक उड्यान कार्यालय ताल्चाका प्रमुख रामोन भट्टराईले सेवा प्रवाहमा समस्य भएको बताए । ताल्चामा अहिले  पुरानो काठकै भवन र टहरामा जोखिम मोलेर काम सेवा प्रवाह गरिरहनु परेको बताए । सामान्य हावाहुरी तथा अन्य कारणले सेवा प्रवाहमा दैनिक समस्य बनाएको उनले बताए ।

ओमबुद्ध इन्टरनेस्नल कन्स्ट्रक्सनका सञ्चालक भोजराज खड्का भौगोलिक विकटताका कारण समयमा सामान ढुवानी नहुनु र कोरोनाका कारण निर्माणमा अवरोध उत्पन्न हुँदा काम ढिला भएको बताए  ।

वि.सं.२०७९ माघ ५ बिहीवार १२:०८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...