काठमाडौं । बिहीबार सेयर बजार झिनो अंकले बढेको छ । उक्त दिन बजार ५.७१ अंकले बढेको हो ।
सेयर बजार बढ्दा कुमारी धनवृद्धि योजनाको सेयर मूल्य उच्च दरमा घटेको छ । कम्पनीको सेयर मूल्य ८.८९ प्रतिशतले घटेको छ ।
त्यस्तै, लक्ष्मी लघुवित्तको ५.४४ प्रतिशत, सिटिजन म्युचुअल फण्डको ३.८० प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ३.७७ प्रतिशतले सेयर मूल्य घटेको छ ।
वि.सं.२०७९ माघ ५ बिहीवार १५:३३ मा प्रकाशित