back
NMB ad

लाभांश प्रस्ताव पारित गर्न रिडी पावरले बोलायो साधारण सभा, बुकक्लोज मिति तय

Kumari bank ad

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । सभा माघ २९ गते इन्द्रेणाी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्नेगरी बोलाएको हो ।

सभाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद लाभांश गरी जम्मा ४२.१० प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै कम्पनीले साझा पावर डेभलपमेन्ट प्राइभेट लिमिटेडको सम्पूर्ण शेयर खरिद गर्ने प्रस्ताव समेत पारित गर्नेछ । साथै अन्य कम्पनीहरुसँग मर्जर गर्ने तथा अन्य कम्पनीहरुलाई यस कम्पनीमा प्राप्ति गर्ने प्रस्ताव समेत गरिनेछ ।

त्यस्तै, गत आव २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गर्ने प्रस्ताव रहेको छ ।

आ.व २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, मर्जर पश्चात साविक रिडी हाइड्रोपावर कम्पनी लिमिटेड र साविक ।रैराङ हाइड्रोपावर कम्पनीबीच गाभिएपश्चात शेयरधनीको तर्फबाट ४ जना संचालक निर्वाचित गर्ने सभाको एजेण्डा पनि रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

वि.सं.२०७९ माघ ६ शुक्रवार ११:१४ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...