back
NMB ad

कोटाको धान पाउनै मुस्किल

Kumari bank ad

मोहन जोशी, धनगढी । सरकारले कैलालीबाट हालसम्म ३० हजार क्वीन्टल धान खरिद गरेको छ । कैलालीका लागि ४० हजार क्वीन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको भए पनि धान खरिद गर्ने अनुमति पाएको खाद्य व्यवस्था कम्पनीले बिहीबारसम्म ३० हजार क्वीन्टल धान मात्र खरिद भएको जनाएको छ । कैलालीको मोहनपुर, टीकापुर र भजनीबाट धान खरिद सुरु गरिएको भए पनि सोचेअनुसारको धान भने नआएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीको भनाइ छ ।

‘यसपटक एक दुई सातामै कोटाको धान आउँछ होला भन्ने अनुमान गरिएको थियो,’ धनगढीस्थित मोहनपुर धान खरिद केन्द्रका कर्मचारीले भने, ‘तर सोचेभन्दा धेरै कम मात्रै धान आएको छ, यसको कारण केहो बुझ्न सकिएको छैन ।’

विगतका वर्षहरुमा धान खरिद सुरु भएपछि खरिद केन्द्रमा किसानको लाइन हुने गरेको भए पनि यसपटक भने किसानले लाइन बस्नु नपरेको ती कर्मचारीले बताए । ‘सुरुका एक दुई दिन धान ल्याउने किसानको अली चाप रहेको थियो,’ उनले भने, ‘त्यसपछि फाटफुट मात्रामा मात्रै धान आउने गरेको छ । पछिल्लो समयत दिनमा एक दुई जना किसान मात्रै आउने गरेका छन् ।’

सरकारले ढिलाेगरी धान खरिद गरेका कारण यसपटक सोचेअनुसार धान नआएको हुन सक्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीकी प्रमुख इन्जिला बस्नेतले बताइन् । तर, बिक्रीका लागि आउने क्रम भने नरोकिएको उनले बताइन् । ‘टीकापुरमा गोदाम अभावका कारण धान खरिद गर्न रोकेका छौं,’ उनले भनिन्, ‘त्यहाँ केही किसान अझै हामीसँग सम्पर्कमा छन्, धनगढीमा फाटफुट धान आइरहेको छ, त्यसैले कोटाअनुसार धान आउनेमा आशावादी छौं ।’

यसपटक धान खरिद प्रक्रिया अली ढिलो सुरु भएका कारण पनि प्रयाप्त धान नआएको अनुमान गरिएको उनले बताइन् । ‘मंसिरको सुरुमै प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन भएका कारण कात्तिकदेखि नै चुनावको तयारीमा सरकारी निकाय जुट्नुपर्ने भयो,’ उनले भनिन्, ‘जसका कारण धान खरिदमा केही ढिलाइ भएको हो ।’

टीकापुरको गोदाममा रहेको धान पिसानीका लागि बोलपत्र आह्वान भइसकेको उनले बताइन् । ‘धान पिसानीका लागि बिहीबार १५ दिने सूचना निकालेका छौं,’ उनले भनिन्, ‘पिसानको ठेक्का लागेपछि टीकापुरको गोदाम खालि हुनेछ, त्यसपछि पुनः टीकापुरबाट पनि धान खरिद सुरु गरिनेछ ।’
यस वर्ष सरकारले ढिलो गरी धान खरिद प्रक्रियाअघि बढाउँदा किसानले व्यापारीलाई सस्तोमा धान बेचेका थिए । जसकारण अहिले खाद्य संस्थानलाई कोटाको धान पाउन पनि समस्या भइरहेको छ ।

‘गहुँका लागि आवश्यक पर्ने मल खाद, बिउ तथा चाडवाडमा खर्चको जोहो गर्न किसानले कात्तिकमै धान बेच्नु पर्ने हुन्छ,’ धनगढी–१३ का किसान शिवचरण रानाले भने, ‘त्यतिबेला सरकारले कुनै निर्णय गरेन, जब हामीले सस्तो मूल्यमा व्यापारीलाई धान बेचिसक्छौं, अनि मात्रै धान खरिद सुरु भयो, सरकारले ढिलो गरी धान खरिद गर्दा त्यसले किसानलाई नभई व्यापारीलाई फाइदा हुन्छ ।’

कात्तिकमा व्यापारीले किसानबाट सस्तोमा धान किनेर त्यही धान सरकारलाई महंगोमा बेच्ने गरेको उनको भनाइ छ । ‘किसानले व्यापारीलाई बढीमा २० रुपैंयामा धान बेचेका छन्,’ उनले भने, ‘किसानबाट सस्तोमा खरिद गरेको धान व्यापारीले २९ रुपैंयामा सरकारलाई बेच्दछ, व्यापारीलाई फाइदा पुग्ने गरी सरकारले नै ढिलो धान खरिद गर्ने गरेको छ ।’

सरकारले कात्तिक १६ गतेको मोटा धानको न्युनतम मूल्य २ हजार ९६७ र मध्यम धानको मूल्य ३ हजार १२८ कायम गरेको थियो । कात्तिकमा मूल्य निर्धारण गरे पनि सरकारले धान खरिद भने मंसिर २७ गते बाट मात्रै सुरु भएको थियो । ‘सरकारले पुसबाट मात्रै धान गरिद गर्न सुरु गर्‍यो,’ धनगढी–३ का रामदाश रानाले भने, ‘त्यतिसम्म अधिकांश किसानले धान बेचिसकेका थिए, अहिले सरकारले किसानको नभई व्यापारीको धान खरिद गरिरहेको छ ।’

‘दुई वर्षअघि मोटो धानको मूल्य २७ रुपैंया निर्धारण गरेको थियो,’ उनले भने, ‘त्यतिबेला व्यवपारीले पनि राम्रै मूल्य दिएका थिए, गत वर्ष बर्षाले भिजेको भन्दै सरकारले धाननै खरिद नगर्दा व्यापारीलाई सस्तोमा धान बेच्याैँ, यस वर्ष सरकारले समयमा खरिद सुरु नगर्दा व्यापारीलाई नै सस्तोमा बेच्नु पर्‍यो ।’

धान बेचेर हिउँदे बाली लगाउन खर्चको जोहो गर्नुपर्ने भएका कारण व्यवपारीलाई सस्तोमा धान बेच्नुपरेको उनले बताए । उनका अनुसार व्यापारीले किसानबाट बढीमा २० रुपैंयामा धान खरिद गरेका थिए ।

‘धान बेचेर आएको पैसाबाट खेत जोत्ने र मलखाद किन्नु पर्दछ,’ कैलालीको भजनी नगरपालिका–८ लालबोझिका किसान दिनेश डगौराले भने, ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्ला भनेर कुरेर बसिरहँदा गहुँ छर्न ढिलो हुने भएपछि यहाँका किसान सस्तोमा धान बेचेर हिउँदे लगाएका हुन् ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २०७७ मा धानको समर्थन मूल्य मोटो धान प्रतिक्वीन्टल २ हजार ७३५ र मध्यम धानको मूल्य प्रतिक्वीन्टल २ हजार ८८५ तोकेको थियो । सो वर्ष कैलालीमा ६१ हजार मेट्रिकटन धान संस्थानले खरिद गरेको थियो ।

गत वर्ष  मोटो धानको मूल्य २ हजार ७५० र मसिनो धानको मूल्य २ हजार ८०० निर्धारण गरिएकामा कात्तिकमा आएको बाढीका कारण धान बिग्रेको भन्दै खाद्य तथा व्यापार कम्पनीले धान खरिद नै गरेन । २०७७ मा कैलालीका ४ वटा स्थान (धनगढी, टीकापुर, जोशीपुर र भजनी) बाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गरेको थियो ।

वि.सं.२०७९ माघ ६ शुक्रवार १२:१४ मा प्रकाशित

You can share this post!

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४७

काठमाडौं । आज बैशाख ६ गते, बिहीबार, सूर्यज्योति लाइफ इन्स्योरेन्स...

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:१५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:३४

कोलम्बो(श्रीलङ्का), ५ वैशाख : श्रीलङ्काली सरकारले सन् २०२४ मा चार...

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:२६

घोडाघोडी (कैलाली), ५ वैशाख : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता...

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:१९

गोरखा, ५ वैशाख : गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:२२

काठमाडौँ, ५ वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी...