back
NMB ad

शाइन रेसुंगा बैंकको खुद नाफा २३.१८ प्रतिशतले बढ्यो, अन्य कुन सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ४२ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २३.१८ प्रतिशत धेरै हो । गत वर्ष बैंकले ३४ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यो त्रैमाससम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ३०.४३ प्रतिशतले बढेर १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आम्दानी ८० करोड ८५ लाख रुपैयाँ थियो ।

समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि २३.९९ प्रतिशतले बढेको छ । यता, बैंकको इम्पेयरमेन्ट चार्ज पनि ७१.७३ प्रतिशतले बढेर १४ करोड ८ लाख रुपैयाँ पुगेको छ। हाल यसको चुक्ता पुँजी ४ अर्ब २८ करोड रुपैयाँ भन्दा धेरै छ ।

यस्तै, जगेडा कोषमा १ अर्ब ४३ करोड रुपैयाँ छ । बैंकको खराब कर्जा अनुपात पनि ०.९८ प्रतिशत बाट बढेर १.३१ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ६ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ २१ पैसा रहेको छ ।

वि.सं.२०७९ माघ ९ सोमवार ११:४८ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...