back

किन भयो पाकिस्तानमा देशव्यापी विद्युत् कटौती ?

एजेन्सी, इस्लामाबाद । पाकिस्तानको राष्ट्रिय ग्रिडमा ठूलो समस्याका कारण सोमबार बिहानैदेखि देशव्यापी विद्युत कटौती भएको संघीय ऊर्जा मन्त्रालयले जनाएको छ । ‘प्रारम्भिक जानकारी अनुसार सोमबार बिहान स्थानीय समयअनुसार साढे ७ बजे राष्ट्रिय ग्रिडले फ्रिक्वेन्सी गुमाएको अनुभव गर्यो, जसले गर्दा ठूलो समस्या भयो । प्रणालीलाई पुनर्जीवित गर्न द्रुत कार्य भइरहेको छ’, मन्त्रालयले एक विज्ञप्तिमा भन्यो ।

कराँची, इस्लामावाद, लाहोर र पेशावरलगायत सबै प्रमुख सहरमा विद्युत् बन्द भएको थियो ।

सोमबार बिहान प्रणालीहरू सक्रिय हुँदा जामशोरो र दादु शहरहरू बीचको देशको दक्षिणी भागमा फ्रिक्वेन्सी भिन्नता रिपोर्ट गरिएको ऊर्जा मन्त्री खुरुम दस्तगिरले जियो टिभी च्यानललाई भने ।

दस्तगीरले भने, ‘भोल्टेजमा उतारचढाव थियो र एक एक गरेर प्रणालीहरू बन्द हुँदै गयो । यो ठूलो संकट होइन’, दस्तगीरले भने ।
देशका केही ग्रिडहरू पहिले नै पुनस्र्थापित भइसकेका छन्, मन्त्री दस्तगिरले थपे ।

वि.सं.२०७९ माघ ९ सोमवार १३:१४ मा प्रकाशित

You can share this post!

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

वि.सं.२०७९ माघ २२ आइतवार ०९:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको...

छुटाउनुभयो कि ? ५ हजार कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

छुटाउनुभयो कि ? ५ हजार कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७९ माघ २२ आइतवार ०८:५३

काठमाडौं । शुभम पावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अर्थात...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०७९ माघ २२ आइतवार ०८:४२

काठमाडौं ।  हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य...

विश्वासको मतका लागि वातावरण बनाउन दोश्रो पटक काठमाडौंमा सुदूरपश्चिमका मुख्यमन्त्री

विश्वासको मतका लागि वातावरण बनाउन दोश्रो पटक काठमाडौंमा सुदूरपश्चिमका मुख्यमन्त्री

वि.सं.२०७९ माघ २१ शनिवार १८:१३

धनगढी ।  सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शपथ लिएको तीन हप्ता बितिसके...

भोलीदेखि विपिडब्लु लघुवित्तको आईपिओ निष्काशन हुने, कति दिने आवेदन ?

भोलीदेखि विपिडब्लु लघुवित्तको आईपिओ निष्काशन हुने, कति दिने आवेदन ?

वि.सं.२०७९ माघ २१ शनिवार १८:०५

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्ने...

कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्ग अवरुद्ध

वि.सं.२०७९ माघ २१ शनिवार १७:५६

हेमन्त केसी, सुर्खेत । हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको भे १...