back

आइएमई जनरल इन्स्योरेन्सको २५औँ बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडले २५औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा आज माघ ९ गते सोमबार होटल लि हिमालय, लाजिम्पाट, काठमाडौंमा सम्पन्न गरेको हो ।

सभाले कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि कम्पनीले ५३ लाख ७३ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराउनु भयो ।

सभालाई अध्यक्ष ढकालले समीक्षा बर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनैतिक अवस्था र त्यसको कारणबाट समग्र बीमा क्षेत्रमा परेको प्रभावको बारेमा समेत जानकारी गराउनु भयो ।

अध्यक्ष ढकालले २४औँ साधारण सभामा गरिएको भवन निर्माणको प्रतिबद्धताको बारेमा सभालाई जानकारी दिँदै समीक्षा बर्षमा कम्पनीको पानीपोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङ सहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको र निर्माण सम्पन्न पश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने पनि जानकारी गराउनु भयो ।

त्यसै गरी कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आ.व. मा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी गराउँदै सेवामा विविधता र शाखा रहित बीमामा प्रविधिको प्रयोग गरी सहज बीमा सेवा प्रदान गर्ने जानकारी गराउनु भयो ।

त्यसै गरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहकहरु, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीहरुको टिमको सहयोगबाट कम्पनी अघि बढिरहेको जानकारी गराउनु भयो ।

समीक्षा बर्षमा रु. १ अरब ७७ करोड १६ लाख बीमाशुल्क आर्जन गरी गत बर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा शुल्क वृद्धि भएको जानकारी गराउनु भयो भने चालु आ.व.को पौष मसान्तसम्ममा कम्पनीले कूल ९० करोड २५ लाख बीमाशुल्क आर्जन गरिसकेको पनि सभालाई जानकारी गराउनु भयो ।

वि.सं.२०७९ माघ ९ सोमवार १६:५० मा प्रकाशित

You can share this post!

ADBL
थप ३२ लाख २६ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

थप ३२ लाख २६ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८० जेठ २१ आइतवार १२:१७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार आरएमडिसी लघुवित्त वित्तिय...

वरिष्ठ प्रहरी हवल्दार मृत फेला   

वरिष्ठ प्रहरी हवल्दार मृत फेला   

वि.सं.२०८० जेठ २१ आइतवार १२:०५

ताप्लेजुङ २१ जेठ ।  ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा...

आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

वि.सं.२०८० जेठ २१ आइतवार १२:०१

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री...

घरभाडा नबढाउन आग्रह   

घरभाडा नबढाउन आग्रह   

वि.सं.२०८० जेठ २१ आइतवार ११:५६

चितवन, २१ जेठ ।  उद्योग वाणिज्य सङ्घ चितवनले व्यापारिक क्षेत्रको...

भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा   

भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा   

वि.सं.२०८० जेठ २१ आइतवार ११:३४

गण्डकी, २१ जेठ । जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण भेगमा पर्ने...

लगानीकर्ता र सरकारबीच अर्थ मन्त्रालयमा छलफल, नेप्सेले बन्द गरेन कारोबार प्रणाली

लगानीकर्ता र सरकारबीच अर्थ मन्त्रालयमा छलफल, नेप्सेले बन्द गरेन कारोबार प्रणाली

वि.सं.२०८० जेठ २१ आइतवार ११:२८

काठमाडौं । बजेटमार्फत कर नीतिको विरोध जनाउँदै शेयर लगानीकर्ताहरुले आज...