back

गाउँपालिका अध्यक्षले फिर्ता गरे प्रमुख प्रशासकीय अधिकृत (पत्र सहित)

सुर्खेत । अदानचुली गाउँपालिका हुम्लाका अध्यक्ष मोहनविक्रम सिंहले सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत नन्दराज गिरीलाई गाउँपालिकासँग समन्वय नगरी आएको आरोप लगाउदै हाजिर हुन नदिई फिर्ता पठाएका छन् । अध्यक्ष मोशनविक्रमे भनेका छन् , मन्त्रालयले गाउँपालिकासँग समन्वय नगरी प्रमुख प्रशासकीय अधिकृत पठाएको रहेछ मैले फिर्ता पठाउन पत्राचार गर्दै हाजिरी हुन नदिएको हुन ।

अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही विवादित बनेपछि मन्त्रालयले पुस २९ गते गिरीलाई खटाएको थियो । मन्त्रालयले उनलाई जिल्ला निर्वाचन कार्यालय सल्यानबाट काज सरुवा गरेको हो । सरुवा भई आएका गिरीले हाजिर गर्न पाएका छैनन् । गाउँपालिका अध्यक्ष सिंहले मन्त्रालयलाई पुस २९ गते पत्र लेख्दै हाजिर नगराई फिर्ता पठाउने व्यहोराको पत्राचार गरेका हुन् ।

वि.सं.२०७९ माघ ९ सोमवार १७:१८ मा प्रकाशित

You can share this post!

आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ माघ २२ आइतवार ०९:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइबारको लागी विदेशी विनिमय दर...

लघुवित्त र सहकारी समस्यामा पर्दा मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको हो : शेखर गोल्छा

लघुवित्त र सहकारी समस्यामा पर्दा मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको हो : शेखर गोल्छा

वि.सं.२०७९ माघ २१ शनिवार २१:३४

नेपालमा जुन लोन र जिडीपीको रेसियो देखिएको छ, त्यो चिन्ताजनक...

विश्वासको मतका लागि वातावरण बनाउन दोश्रो पटक काठमाडौंमा सुदूरपश्चिमका मुख्यमन्त्री

विश्वासको मतका लागि वातावरण बनाउन दोश्रो पटक काठमाडौंमा सुदूरपश्चिमका मुख्यमन्त्री

वि.सं.२०७९ माघ २१ शनिवार १८:१३

धनगढी ।  सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शपथ लिएको तीन हप्ता बितिसके...

राष्ट्रपतिमा सहमति, नत्र विचार मिल्ने दलहरूसँग मिलेर जाने : माओवादी केन्द्र

राष्ट्रपतिमा सहमति, नत्र विचार मिल्ने दलहरूसँग मिलेर जाने : माओवादी केन्द्र

वि.सं.२०७९ माघ २१ शनिवार १७:१९

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनमा...

लागूऔषध ओसारपसारमा संलग्न प्रहरी सहायक निरीक्षक पक्राउ

लागूऔषध ओसारपसारमा संलग्न प्रहरी सहायक निरीक्षक पक्राउ

वि.सं.२०७९ माघ २० शुक्रवार २०:४४

मोरङ ।  विराटनगरमा लागूऔषध खैरो हेरोइन ओसारपसारका क्रममा प्रहरी सहायक...

नीतिमै समस्या छ, मेरो कामबाट आफैं सन्तुष्ट छैन

नीतिमै समस्या छ, मेरो कामबाट आफैं सन्तुष्ट छैन

वि.सं.२०७९ माघ २० शुक्रवार १९:४७

हामी राज्यका विभिन्न ठाउँमा बस्छौं, काम गर्छौं, एउटा नासुको लेभलदेखि...