back
NMB ad

थप २ लघुवित्तको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

Kumari bank ad

काठमाडौं । आज नेप्सेमा सूचिकृत २ वटा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । उक्त दिन नेशनल माइक्रोफाइनान्स लघुवित्त र कालिका लघुवित्तले लाभांश घोषणा गरेको हो ।

नेशनल माइक्रोफाइनान्स लघुवित्त
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको माघ ९ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ३८.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। अब उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले २०७८ असार ३० गते साविकको महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लाई प्राप्ति गरेको कारण सो मिति भन्दा अगाडि कायम शेयरधनीलाई प्राप्ति मिति देखि दुई आ.व. सम्म लाभांशमा कर छुट हुने व्यवस्थाको कारण हाल लाभांशकर प्रयोजनार्थ छुट्टै रकम नछुट्याईएको जनाएको छ । उक्त मिति भन्दा पछि शेयर खरिद गर्ने शेयरधनीहरुले लाभांशकर आफै भुक्तानी गर्नुपर्ने पनि कम्पनीले बताएको छ ।

कालिका लघुवित्त
कालिका लघुवित्तको माघ ६ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १ प्रतिशत नगद लाभांश गरि जम्मा २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड २८ लाख रहेको छ ।

अब उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

वि.सं.२०७९ माघ ९ सोमवार १७:४६ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...