back
NMB ad

नयाँ हुण्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक, यस्ता छन् फिचर

Kumari bank ad

काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि ले New Style. New Statement. नाराका साथ नेपाली बजारमा नयाँ हुण्डाई भेन्यू सार्वजनिक गरेको छ ।

आफ्नो पहिलेको हुण्डाई भेन्यू को मोडल मार्फत नेपालभरका ग्राहकहरूको ध्यान तान्न सफल रहेको हुण्डाई भेन्यू को नयाँ र परिष्कृत मोडलले Compact SUV को प्रतिस्पर्र्धी बजारमा नयाँ आयाम स्थापित गर्ने विश्वास लिइएको छ । नयाँ भेन्यूले यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रूपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको छ ।

समयसापेक्ष प्रस्तुति र अत्याधुनिक विशेषताहरू सहित तयार गरिएको हुण्डाई भेन्यूले सबैको मन जित्नेमा कम्पनी विश्वस्त रहेको छ । यो सेगमेन्टमै पहिलो पटक गाडीको पछिल्लो भागमा विस्तारित Connecting LED Tail Lamp ले नयाँ भेन्यूलाई विशिष्ट स्वरूप दिएको छ । त्यस्तै हुण्डाई भेन्यूको अघिल्लो भागमा रहेको Parametric Front Dark Chrome Grille, नयाँ बम्पर र Skid Plate डिजाइनले यो गाडीलाई आधुनिक तथा स्पोर्र्टी लुक दिएको छ । यसमा रहेको Diamond Cut alloy Wheels, LED Projector Lamp, Puddle Lamp, Shark Fin Antenna Roof Rail ले नयाँ हुण्डाई भेन्यूको बाहिरी भागलाई समय सान्दर्भिक बनाएको छ ।

नयाँ हुन्डाई भेन्यूकोे फराकिलो वनावट र Two Tone Black Greige इन्टेरियरका कारण निकै नै आरामदायी छ । नयाँ हुन्डाई भेन्यूको विस्तारित बुट स्पेस सहितको 60:40 Split Seat, कप होल्डर सहितको Rear Centre Armrest, दुई वटा Rear USB Charger, 2 Step Rear Reclining Seat, Ergonomically Design गरिएको सुविधाजनक चालक सिट, 8’’ Infotainment System, Cooled Glove Box, वाएरलेस फोन चार्जर, Dual Zone Climate Control AC र Smart Sunroof लगाएतका सुविधाले हुण्डाई भेन्यूलाई एक उत्कृष्ट Compact SUV को रुपमा स्थापित गराउनेछ । साथै नयाँ हुन्डाई भेन्यूमा Ambient Sounds of Nature  को रुपमा नयाँ अडियो फिचर पनि समावेश गरिएको छ । यसले ग्राहकको ड्राइभिङ्ग अनुभवलाई शान्त र सहज बनाउने विश्वास गरिएको छ ।

यस बाहेक नयाँ भेन्युमा Dual Airbags, Rear Parking Assist Camera, Automatic Headlamps & Headlamp Escort Function, Cornering Lamps, Tyre Pressure Monitoring System, Electronic Stability Control, Vehicle Stability Management, र Hill Assist Control लगायतका थप सुरक्षा सुविधाहरु पनि रहेका छन् ।

1.2 L Petrol Engine / 1.0 L Turbo Engine ले पावर गरिएको नयाँ हुन्डाई भेन्यू 5 Speed Manual तथा 7 Speed DCT  मा उपलब्ध छन् । 195 mm को Ground Clearance  रहेको यो Compact SUV को पावरसँगै उत्कृष्ट पर्फर्मेन्सको कारण सबैले यसमा उत्साहजनक ड्राइभिङ्ग अनुभव पाउन सक्नेछन् ।

E, S र SX  गरी तीनवटा भेरीयन्टमा उपलब्ध रहेको नयाँ हुन्डाई भेन्यूको प्रारम्भिक मूल्य रु.३९.९६ लाख कायम गरिएको छ । नेपाल सरकारले आयात प्रतिबन्ध खुकुलो पारेपछि नेपाली बजारमा लन्च भएको पहिलो गाडीहरू मध्ये एक रहेको हुन्डाई भेन्यूले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ आशा र उत्साहको सञ्चार गर्ने विश्वास गरिएको छ ।

हुन्डाई भेन्यूमा उत्कृष्ट ग्राहक सेवा र आफ्टर सेल्स सर्भिस पाईन्छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।

वि.सं.२०७९ माघ ९ सोमवार १९:२६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...