काठमाडौं । मंगलबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । उक्त दिन सुन १ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख ६३०० रुपैयाँ र तेजावी सुन १ लाख ५८०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
यसअघि सुनको मूल्य २०७८ फागुन २५ गते अहिलेसम्मकै उच्च १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला १५ रुपैंयाले घटेर १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ माघ १० मंगलवार १०:४७ मा प्रकाशित