काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सूचिकृत भएको छ ।
साविकको सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्नेर गाभिने गर्दा १ः०.४२४५ को अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैंयाका दरको क्रम संख्या १ देखि ५ करोड ५४ लाख ५५ हजार ७२१ कित्ता शेयर सूचिकृत भएको हो ।
धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी संलग्न सम्झौता, शर्तहरु पालना गर्नेगरी माघ १० गतेको निर्णायनुसार कम्पनीको रोक्का रहेको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जानकारी दिएको छ ।
साथै, सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाममा स्टक सिम्बोल एसजेएलआइसी रहने र नेप्सेले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज ३७१ रुपैंया ५९ पैसा तोकेको छ ।
वि.सं.२०७९ माघ १० मंगलवार १४:५० मा प्रकाशित