back
NMB ad

गहतेमा आदर्शको सदस्य भेटौ : सदस्य सुनौ अभियान

Kumari bank ad

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले बागलुङ नगरपालिका वडा नं. ३ गहतेमा एक दिने सदस्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सदस्यहरुलाई सहकारीका बारेमा सचेतना प्रदान गर्ने उद्देश्यका साथ संस्थाले सञ्चालन गरेको सदस्य भेटौ, सदस्य सुनौ अभियान अन्तरगत शुक्रवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सहकारी सदस्यहरुको हो, सदस्यहरुको सक्रिय सहभागिता सञ्चालन हुने व्यवसायका रुपमा रहेकाले सहकारीका सदस्यहरुलाई सक्रिय बनाउने, सहकारीले सञ्चालन गरेका गतिविधिमा सदस्यहरुको सहभागिता बढाउने उद्देश्यले संस्थाले सदस्य भेटौ, सदस्य सुनौ अभियान सञ्चालन गरेको हो ।

सदस्यहरुलाई सहकारी अभियान र संस्थाले सञ्चालन गरेका गतिविधिका बारेमा जानकारी गराउनुका साथै सदस्यहरुका समस्या, गुनासा र सुझाव संकलन गरेर संस्थालाई गतिशिल बनाउन सदस्य भेटौ, सदस्य सुनौ अभियान सञ्चालन गरिएको संस्थाले जनाएको छ ।

बागलुङ नगरपालिका वडा नं. ३ गहतेमा रहेका शेयर सदस्यहरुका लागि सञ्चालित कार्यक्रममा संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीमा सदस्यको भूमिका, अधिकार र कर्तव्यका बारेमा जानकारी गराउनु भएको थियो ।

सहकारी सदस्यको सक्रिय सहभागिता सञ्चालन हुने व्यवसाय हो, सदस्यहरुलाई सहकारी र संस्थाका गतिविधिका बारेमा जानकारी भएन भने नाफा र ऋणलाई केन्द्र बनाउने अवस्था आउने भएकाले सदस्य शिक्षा अनिवार्य रहेको उहाँको भनाइ थियो ।

वित्तीय क्षेत्रमा देखिएको संकटसंग सहकारीमा आएको संकटको समाधान सदस्यहरुबाट मात्रै संभव रहेको चर्चा गर्दै उहाँले सबै सदस्यले आफ्नो संस्थामा नियमित कारोबार गर्ने र संस्थालाई सल्लाह सुझाव दिनु पर्ने बताउनुभयो ।

बानपा–३ का वडा सदस्य नगेन्द्र बहादुर केसीले आदर्श सञ्चार सहकारी संस्थाले सदस्यहरुलाई वित्तीय रुपमा साक्षर बनाउनुका साथै नियमित कार्यक्रमहरु गरेर आम समुदायलाई समेत सचेत बनाउने काम गरेको बताउनुभयो ।

कार्यक्रम संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु) को अध्यक्षता, सञ्चालक अम्बिका जिसीको स्वागत र प्रवन्धक दिपकराज सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा संस्थाका ५० जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

वि.सं.२०७९ माघ १३ शुक्रवार १९:०४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...