back
NMB ad

आजदेखि मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बिक्री गर्ने, क-कसले दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको आजदेखि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले आज माघ १५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आइपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ७६ करोड रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ बराबरको ७ लाख ६० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । जसमध्ये अति प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका वडा नं. ५ र ६ का स्थानीयका लागि ३ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ ।

साथै, प्रभावित क्षेत्र गौरीशंकर गाँउपालिका वडा नं. १, २, ३, ४, ७, ८ र ९ का स्थानीयले ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र विगु गाँउपालिकाका सम्पूर्ण वडाका स्थानीयले १ लाख १४ हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन् ।

यस्तै, सर्वसाधारणमा निष्कासन हुने १५ लाख २० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ५२ हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा छिटोमा माघ २९ गतेसम्म र ढिलोमा फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने माघ २९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।

क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । स्थानीयले प्रभु बैंक, लक्ष्मी बैंक र सेन्चुरी बैंकको शाखा र आयोजना स्थलबाट पनि आवेदन दिन सक्नेछन् ।

यस्तै, बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौं र यसको अनलाइन व्यवस्था बाट पनि आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

वि.सं.२०७९ माघ १५ आइतवार १०:०३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...