back
NMB ad

आइएमई लाइफ इन्स्योरेन्सको बोनसदर सार्वजनिक, बीमितले अधिकतम ७० रुपैयाँसम्म पाउने

Kumari bank ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आ.व ०७८.०७९ को नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीको आ.व ०७८/२०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर सार्वजनिक गरेको हो ।

न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म कम्पनीले बीमितहरुको लागि बोनसदर निर्धारण गरेको छ ।

कम्पनीले सावधिक तथा सामूहिक जीवन बीमालेख अन्तर्गत बीमालेखमा नौ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३२ रुपैयाँ बोनसदर घोषणा गरेको छ ।

१० देखि १४ वर्ष अवधिको लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३८ रुपैयाँ निधारण गरेको छ भने २५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँ छ भने यसै पोलिसीको ३० वा सोे भन्दा बढि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ निर्धारण गरेको छ ।

सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेखको अन्तर्गमा कम्पनीले ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३२ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६३ रुपैयाँ र ३० वर्ष वा सो वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको अन्तर्गत कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ, १५ र २० देखि २४ वर्ष अवधिसम्मको लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँसम्म बोनसदर तोकेको छ ।

त्यस्तै, वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख(बाल किरण)को हकमा कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको लागि ६० रुपैयाँसम्म बोनसदर तोकेको छ ।

वि.सं.२०७९ माघ १५ आइतवार १०:४९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...