
काठमाडौं । कामना सेवा विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाल नियुक्त भएका छन्।
बैंकको माघ १३ गते बसेको संचालक समितिको बैठकले दाहाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
यस अघि उनी बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए। बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले राजिनामा दिएपछि डेपुटी सीइओ रहेका दाहालले कामु सीइओको जिम्मेवारी पाएका हुन् । आज माघ १५ गतेदेखि लागु हुने गरि दाहाललाई कायममुकायमको जिम्मेवारी दिइएको हो ।
वि.सं.२०७९ माघ १५ आइतवार ११:१८ मा प्रकाशित