
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश वितरण सुरु गरेको छ ।
संस्थाको पुस ३० गते बसेको साधारण सभाले आर्थिक वर्ष ०७८/७९ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
सोही नगद लाभांश कम्पनीले आज (माघ १५ गते) बाट आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर कहित) पठाउन सुरु गरेको छ । संस्थाले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई आजदेखि लाभांश जम्मा गर्ने जानकारी दिएको हो ।
कम्पनीले सेयरधनीहरुलाई डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । त्यसपछि मात्र लाभांश खातामा पठाइने कम्पनीले जनाएको छ ।
वि.सं.२०७९ माघ १५ आइतवार १२:१९ मा प्रकाशित