काठमाडौं। सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७८/७९को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङक्न सम्बन्धी बिमाङ्किय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्विकृत भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो।
कम्पनीले विभिन्न बीमालेखमा प्रतिहजार ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस दर तोकेको जनाएको छ।
कम्पनीले सावधिक बीमालेख योजनामा ९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ४१ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ५४ रुपैयाँ र ३० वर्ष भन्दा बढि अवधिको लागि ७० रुपैयाँ बोनस दर कायम गरेको छ।
सावधिक तथा आजिवन बीमालेखमा ९ वर्ष अवधिको लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मको लागि ४६ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिलाई ५६ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिसम्मको लागि ६० रुपैयाँ र ३० वर्ष भन्दा माथिकोअवधिको लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।
अग्रिम भुक्तानी सावधिक १० देखि १९ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५२ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको लागि ६० रुपैयाँ तोकेको छ।
त्यसैगरी, चौरासी पूजा नियमित भुक्तानीमा १० देखि १४ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको लागि ६५ रुपैयाँ र ३० वर्ष र सो भन्दा माथिको अवधिको लागि ७० रुपैयाँ बोनस दर बीमितले पाउने भएका छन्।
साथै,चौरासी पुजा एकल भुक्तानी अन्तर्गत १० देखि १४ वर्ष अवधिको लागि ७५ रुपैयाँ, १५ देखि १९ वर्षको लागि८०रुपैयाँ,२० देखि २४ वर्षसम्मको लागि ८५ रुपैयाँ, २५ वर्ष देखि २९ वर्ष अवधि र ३० वर्ष भन्दामाथिको अवधिलाई ९० रुपैयाँको दरले बोनस निर्धारण गरिएको कम्पनीले जनाएको छ।
Leave a Reply
You must be logged in to post a comment.