back
NMB ad

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न पायो अन्तिम स्वीकृति

Kumari bank ad

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न अन्तिम स्वीकृति पाएको छ । गत साता बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो । उक्त निर्णयसँगै हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रिया पूरा भएको छ ।

हिमालयनले सिभिललाई १ः८०.२८ अनुपात (स्वाप रेसियो) मा प्राप्ति गर्न लागेको हो । यसको अर्थ सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकको ८० कित्ता पाउने छन् ।

प्राप्ति प्रक्रिया पूरा भए पश्चात बन्ने नयाँ बैंक हिमालयन बैंककै नामबाट सञ्चालनमा आउने छ । सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ र शाखा सञ्जाल १ सय ८९ पुग्नेछ ।

दुवै बैंककोे पुस २८ गते सम्पन्न साधारण सभाले पनि हिमालयनले सिभिललाई प्राप्ति हुने प्रस्ताव पारित गरिसकेको छ । अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि एकीकृत कारोबार सुरु हुनेछ ।

वि.सं.२०७९ माघ १६ सोमवार १९:१७ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...