काठमाडौं । सोल्टी होटलले सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ ।
कम्पनीको पुस २८ गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस र २१.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।
सोही २१.३१ प्रतिशत नगद लाभांश होटलले पुस ६ गतेसम्म डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएकाहरुको नगद लाभांश खातामै पठाइदिएको हो । कम्पनीले हालसम्म पनि डिम्याट नगरेकालाई तत्काल सेयर डिम्याट गर्न समेत आग्रह गरेको छ ।
लगानीकर्ताले आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्था वा अन्य निक्षेप सदस्यमा गएर डिम्याट खाता खोल्न सक्नेछन् । त्यसपछि सम्बन्धित सेयरधनीको खातामा नगद लाभांश जम्मा हुनेछ ।
वि.सं.२०७९ माघ १७ मंगलवार ११:०४ मा प्रकाशित