back
NMB ad

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा जाने, स्वाप रेसियो कति ?

Kumari bank ad

काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा जाने भएको छ । यी दुवै कम्पनी एक आपसमा गाभिनका लागि मंगलबार अन्तिम मर्जर सम्झौता पत्रमा हस्ताक्षर  गरेका छन् । होटल र्याडिसनमा आयोजित एक कार्यक्रम यी दुवै कम्पनीले मर्जर सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रमा सगरमाथा इन्स्योरेन्सका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धर र लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष मनोहर दास मुलले हस्ताक्षर गरेका छन ।

मर्जपछि बन्ने नयाँ कम्पनीको नाम भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहने सहमति भएको छ । मर्जर सम्वन्धी विशेष प्रस्ताव दुवै कम्पनीको आगामी साधारण सभामा लगिने बताइएको छ । दुवै कम्पनीको सेयर आदान प्रदान अनुपात स्वाप रेसियो भने १००ः८० कायम हुनेछ ।

दुबै कम्पनीको आ.व ०७८/०७९ को वित्तिय अनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९५ रुपैंया कायम रहनेछ ।

संचालक समितिको संचालकमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र संचालकको रुपमा रहनेछ ।

नयाँ कम्पनीको संचालक समितिको अध्यक्षमा लुम्बिनी इन्स्योरेन्सको तर्फबाट बन्ने सहमति भएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सगरमाथा इन्स्योरेन्सको तर्फबाट चंकी क्षेत्री बन्नेछन् ।

वि.सं.२०७९ माघ १८ बुधवार १९:१९ मा प्रकाशित

You can share this post!

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...