back

रोग लागेर केराको बोट सुक्न थालेपछि निजगढका किसान चिन्तित

Kumari bank ad

इन्दिप कोइराला, बारा ।  केराको बोट सुक्ने रोग लागेपछि निजगढ नगरपालिकाको सिंगौलका केरा खेती गर्ने कृषकहरु चिन्तित् बनेका छन । केराको पात पहेंलो हुने बोटसमेत सुकेर मर्न थालेपछि स्थानीय किसानहरुमा चिन्ता बढ्न थालेको हो ।

रोग लागेर बोट सुक्न थालेपछि भर्खर पसाएको केराको काइँयोमा समेत साना कोसा लाग्ने र नसप्रिने समस्या देखिएको किसानहरुले बताएका छन । यो रोग पहिलेदेखि केरा खेती गरिएको जमिनमा कम देखिएको भए पनि नयाँ खेतीमा भने प्रकोपको रुपमा देखा परेको किसानहरुले बताएका छन ।

रोग लागेर केरामा क्षति भए पनि लगानीसमेत नउठ्ने देखेर किसानहरु चिन्तित् बनेका छन् । परमपरागत खेती गर्दै आएका सिंगौलका अधिकांस किसानहरु केही वर्षदेखि केरा खेतीतर्फ आकर्षित बनेका थिए ।

सिंगौलमा हाल ८५ प्रतिशत किसानले केरा खेती गर्दै आएका छन । केही किसानहरुले भने अर्का जमिन भाडामा लिएर पनि केरा खेती गर्दै आएका छन् । उनीहरुले प्रतिकठ्ठा ५ देखि ७ हजारसम्म बार्षिक रकम तिरेर खेती गर्दैआएको स्थानीय रामबाबु बुढाथोकीले बताए ।

केरा बिक्रीबाट सिंगौलमा मात्रै बार्षिक २ करोडभन्दा बढी रुपैयाँ भित्रिने गरेको तर रोगले मर्न थालेपछि किसानलाई ठूलो क्षति हुने देखिएको अर्का स्थानीय किसान कमल गुरागाईंले बताए । उनका अनुसार निजगढ नगरपालिका कार्यालयमा केरा विशेषज्ञ नहुँदा किसानले थप समस्या बेहोर्नुपरेको परेको छ ।

कृषि ज्ञान केन्द्र निजगढले निजगढ नगरपालिकाको निजगढ र सिंगौलको केही भागमा केरा पकेट क्षेत्र घोषणा गरेको भएपनि कार्यालयले केरा किसानलाई खासै सहयोग गर्न नसकेको किसानहरुले गुनासो गर्दै आएका छन् ।

वि.सं.२०७९ माघ १९ बिहीवार ११:२८ मा प्रकाशित

You can share this post!

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

वि.सं.२०८० फागुन १२ शनिवार ०७:१९

काठमाडौँ, ११ फागुन : नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा...

४० मेगावाट क्षमताको  तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो   

४० मेगावाट क्षमताको  तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो   

वि.सं.२०८० फागुन १२ शनिवार ०७:१३

दमौली (तनहुँ), ११ फागुन : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन...

मिटरब्याज पीडितको जायज माग सम्बोधन हुन्छ : गृह मन्त्रालय  

मिटरब्याज पीडितको जायज माग सम्बोधन हुन्छ : गृह मन्त्रालय  

वि.सं.२०८० फागुन १२ शनिवार ०७:०७

काठमाडौँ, ११ फागुन : देशका विभिन्न स्थानबाट पैदलयात्रा (न्याय मार्च)...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० फागुन १२ शनिवार ०७:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

स्नातक कार्यक्रम पुन: तीनवर्षे बनाइन्छ : उपकुलपति प्राडा बराल   

स्नातक कार्यक्रम पुन: तीनवर्षे बनाइन्छ : उपकुलपति प्राडा बराल   

वि.सं.२०८० फागुन ११ शुक्रवार १८:३१

कीर्तिपुर, ११ फागुनः त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजङ्ग बरालले...

नेपाल टेलिकम र नागरिक उड्डयन प्राधिकरण बिच सम्झौता, ३४ वटा विमानस्थलहरुमा फ्रि वाइफाई गराउने

नेपाल टेलिकम र नागरिक उड्डयन प्राधिकरण बिच सम्झौता, ३४ वटा विमानस्थलहरुमा फ्रि वाइफाई गराउने

वि.सं.२०८० फागुन ११ शुक्रवार १८:१४

काठमाडौं । नेपाल टेलिकमले नेपाल भित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्रि...