back
NMB ad

मर्जर प्रस्ताव पारित गर्न यी इन्स्योरेन्सले बोलायो साधारण सभा

Kumari bank ad

काठमाडौं । मर्जर प्रक्रियामा रहेका सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले एकै दिन वार्षिक साधारण सभा बोलाएका छन् । दुवै कम्पनीले फागुन १२ गते सभा बोलाएका हुन् । यी कम्पनीहरुको आर्थिक वर्ष ०७७/७८ को वार्षिक साधारण सभा गर्न लागेका हुन् ।

दुवै इन्स्योरेन्सले सभामार्फत एक–आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने भएका छन् । सम्पत्ति तथा दायित्वको मुल्यांकन प्रतिवेदन समेतको आधारमा निर्धारण गरिएको १ः१ सेयर स्वाप रेसियो हुने गरी मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।

यस्तै, एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्र, अन्तिम सम्झौतापत्र तथा अन्य सम्झौताहरु अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ ।

मर्जर पनि बन्ने कम्पनीको नाम ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड’ रहने गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । यी दुवै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश वितरण नगर्ने भएका छन् ।

दुवै कम्पनीले हाल ७०ः३० अनुपातमा रहेको संस्थापक र सर्वसाधारण समूहको सेयर संरचनालाई परिवर्तन गरी ५१ः४९ अनुपात कायम गर्ने प्रस्ताव पनि साधारण सभामा पेश गर्नेछन् ।

साधारण सभा प्रयोजनका लागि दुवै कम्पनीले माघ २९ गते बुक क्लोज गर्ने भएकाले माघ २८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।

वि.सं.२०७९ माघ २० शुक्रवार ११:१८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...