back
NMB ad

धनुषा र सिरहा जिल्लामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Kumari bank ad

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा माघ १९ गते बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले बीमाबाट जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण हुने भएकाले एक कप चिया नखाएर भए पनि जीवन तथा निर्जीवन बीमा गर्न सबैलाई आग्रह गर्नुभयो ।

अध्यक्ष मिश्रले समय अनुसार सबै कुरा परिवर्तनशील भएकाले रकम बचत गरेर घर, कृषिबाली र पशुको बीमा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा सहभागीहरुले पशुबीमा दाबी भुक्तानी ढिलो हुने गरेको, बीमाशुल्क बुझाए अनुसारको दाबी भुक्तानी नपाएको, चैतेधान, आँप, माछा लगायतको बीमाबारे स्पष्ट नभएको लगायतका गुनासा गर्नुभएको थियो ।

यसैगरी, नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा यही माघ १८ गते सिरहा जिल्लाको नवराजपुर गाउँपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उद्गार यादवले सबै वडाअध्यक्षहरुलाई आ–आफ्ना वडाका गाउँ गाउँ, टोल टोलमा गएर बीमाका बारेमा प्रचार प्रसार गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले कृषि बीमाका लागि बीमा अभिकर्ता वडा वडामा जानुपर्ने, बीमाका बारेमा जानकारी अभावका कारण बीमा गरेपछि भुक्तानी पाइँदैन भन्ने सोचाई रहेको, दाबी भुक्तानी प्रक्रिया झण्झटिलो रहेको लगायतका धारणा राख्नुभएको थियो ।

ती कार्यक्रमहरुमा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले पालिकाका कर्मचारी र भवनको बीमा गर्न, बीमालाई कार्यक्रममा नै समावेश गर्न, न्यून आय भएका बर्ग पहिचान गरी नमूनाका रुपमा बीमा गर्न गाउँपालिकाहरुलाई आग्रह गर्नुभयो ।

साथै, उहाँले एउटा गाई, एउटा भैंसीको मात्र पनि बीमा गर्न सकिने भएकाले गाई, भैंसी, बाख्राको बीमा गर्न र बीमा गरेपछि दाबी भुक्तानी पाइनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सम्बन्धित गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य तथा कर्मचारी, नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक अनिश तिमिल्सिना, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, अगुवा कृषक, बीमा अभिकर्ताहरु लगायतको सहभागिता रहेको थियो ।

वि.सं.२०७९ माघ २० शुक्रवार १२:३९ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...