
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन भएको छ।
कम्पनीले नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आज अर्थात माघ २२ गतेदेखि आईपिओ निष्काशन गरेको हो । यसमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने छ । यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १०० कित्तासम्म दिन सकिने छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई ९ हजार ७ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । त्यस्तै १५ सय कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ । ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ ।
बाँकि रहेको ८० हजार ९ सय ५० कित्ता शेयरको लागि आम सर्बसाधारणले आवेदन दिन सक्ने छन् । यसरी कम्पनीले कुल ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले आईपिओ निष्काशनको लागि मेगा क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।
वि.सं.२०७९ माघ २२ आइतवार ०९:३४ मा प्रकाशित