
काठमाडौं । समता घरेलु लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरि कुल १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ३४ करोड २७ लाख रहेको छ ।
साविक समता लघुवित्त र घरेलु लघुवित्त मर्ज भई एकिकृत कारोबार गरेकोले कर छुट हुने हुँदा कर प्रयोजनको लागि नगद लाभांश नछुट्याईएको कम्पनीले जनाएको छ । २०७८ बैशाख २ गते पछि शेयर खरीद गर्ने लगानीकर्ताले बोनसमा लाग्ने कर आफै तिर्नु पर्ने कम्पनीले जनाएको छ ।
अब उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति भई र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।
वि.सं.२०७९ माघ २२ आइतवार १०:३६ मा प्रकाशित