काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा झिनो अंकले वृद्धि भएको छ । उक्त दिन सेयर बजार १.५४ अंकले बढेको हो ।
उक्त दिन सबैभन्दा बढी नेपाल लाईफ इन्स्योरेन्सको कारोबार भएको छ । आज कम्पनीको ६ करोड ४४ लाख २४ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआइसी एशिया बैंकको ५ करोड ८५ लाख १६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन नबील बैंकको ५ करोड ७४ लाख ७६ हजार रुपैयाँ, चिलिमे हाइड्रोपावर कम्पनीको ५ करोड ७ लाख ४ हजार रुपैयाँ र हिमालयन डिस्टिलरीको ४ करोड २४ लाख ७४ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०७९ माघ २२ आइतवार १५:१२ मा प्रकाशित