काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा झिनो अंकले वृद्धि भएको छ । उक्त दिन सेयर बजार १.५४ अंकले बढेको हो ।
सेयर बजारमा वृद्धि हुँदा आदर्श लघुवित्तको १० प्रतिशतले सेयर मूल्य बढेको छ । त्यसैगरी पोखरा फाइनान्सको ८.४९ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डको ४.२९ प्रतिशत र जानाकी फाइनान्सको ४.१५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०७९ माघ २२ आइतवार १५:१८ मा प्रकाशित