काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज सोमबार कम्पनीको आईपीओ बाँडफाँड भएको हो।
कम्पनीले माघ ९ गतेदेखि १२ गतेसम्म प्रतिशेयर १०० अंकित मूल्यका १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो आईपीओमा परेका कुल आवेदनमध्ये १२ लाख ९८ हजार ६९३ आवेदकबाट १ करोड ४४ लाख ४६ हजार ५६० कित्ताका लागि स्वीकृत आवेदन परेको थियो। सोमध्ये १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकि आवेदक भने हात खाली भएका छ ।
नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ।
1. बिक्री प्रबन्धको वेबसाइट : https://www.sanima.capital
2. . मेरो शेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login
3.सिडिएसको वेबसाइट : https://iporesult.cdsc.com.np/
वि.सं.२०७९ माघ २३ सोमवार १०:२५ मा प्रकाशित