काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित कम्पनीको वर्गीकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
कम्पनीहरुले नेप्सेको इमेलमा पनि आवश्यक विवरण पठाउन सक्नेछन् । धितोपत्र सूचीकरण विनियमावली अनुसार सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण गर्नुपर्ने व्यवस्था भएकाले फागुन १० गतेसम्म कम्पनीहरुले फारम भरी पठाउनुपर्ने नेप्सेले जनाएको छ ।
विवरण प्राप्त भएपछि नेप्सेले कम्पनीहरुलाई ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ वर्गमा वर्गीकरण गर्ने गरेको छ ।
वि.सं.२०७९ माघ २३ सोमवार ११:३० मा प्रकाशित