back
NMB ad

ग्रामीण क्षेत्रलाई लक्षित गरि नबिल बैंकको शाखा विस्तार

Kumari bank ad

बागलुङ । नेपाल राष्ट्र बैंकबाट क वर्गको ईजाजात पत्र पाएको नबिल बैंकले शाखा विस्तार गरि सञ्चालनमा ल्याएको छ । ग्रामीण क्षेत्रमा आफनो सेवा सुविधा उपलब्ध गराउने उद्येश्य शाखा विस्तार गरेको बैंकले जनाएको छ ।

जिल्लाको गलकोट नगरपालिका वडा नं ३ हटिया बजारमा बैंकले नयाँ शाखा विस्तार गरेको नबिल बैंकका गण्डकी प्रदेश प्रमुख सुर्य रोकाले जानकारी दिए । बैंकले देशैभर आफ्नो शाखा विस्तार गर्ने क्रममा गलकोटमा २ सय ४७ औं शाखा सञ्चालनमा ल्याएको उनले बताए ।

देशका विकसित, अर्ध–विकसित तथा ग्रामीण स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउँदै अत्यावश्यक वित्तिय सेवा नागरिकलाई प्रत्याभुत गराउँदै आएको नबिल बैंकले बागलुङ सदरमुकाम बाहिर जिल्लामा दोस्रो शाखा सञ्चालन गरेको नबिल बैंक गलकोट शाखाका प्रवन्धक सुन्दर सापकोटाले जानकारी दिए ।

सन् १९८४ देखि आफ्ना ग्राहकलाई समय अनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंककोे हाल देशभर २ सय ४७ शाखा, १७ एक्सटेन्सन काउन्टर र २ सय ७६ वटा एटिएम सञ्चालनमा रहेको बैंकले जनाएको छ ।

वि.सं.२०७९ माघ २३ सोमवार १२:२७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...