back

हवाइ मार्गबाट खाद्यान्न ढुवानीमा ढिलाइ

हेमन्त केसी, सुर्खेत ।  हवाई मार्गबाट खाद्यान्न गर्ने जिम्मेवारी लिएका निजी क्षेत्रका हवाइ कम्पनीले समयमै चामल ढुवानी नगर्दा हुम्लामा समस्य भएको छ । स्थल मार्गसँगै हवाइ मार्गबाट हुम्लामा खाद्यान्न ढुवानी गर्न सात महिनाअघि सम्झौता भएको थियो ।

समिट र ताराले यहाँको खाद्यान्न ढुवानीको जिम्मेवारी लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्लाका  निमित्त कार्यालय प्रमुख नवीन आचार्यले बताए । आथिर्क वर्ष सुरु भएको सात महिना पुगे पनि खाद्यान्न ढुवानी सुस्त गतिमा भइरहेको उनको भनाई छ ।

यस वर्ष हवाई तथा पैदल मार्गबाट खाद्य कम्पनीको हुम्ला शाखाका लागि १२ हजार क्वीन्टल खाद्यान्न कोटा निर्धारण गरिएको छ । हालसम्म पैदल तथा हवाई मार्गबाट ५ हजार ४४५ क्वीन्टल खाद्यन्न मात्र ढुवानी भएको कार्यालयले जनाएको छ ।

सुर्खेतबाट हवाई मार्ग हुँदै ६ हजार क्वीन्टल खाद्यान्न ढुवानीको जिम्मा समिट एयरले पाएकोमा हालसम्म ३ हजार ८७२.२० क्वीन्टल ढुवानी गरेको उनले जानकारी दिए ।

यस्तै, नेपालगञ्जदेखि २ हजार क्वीन्टल तारा एयरले ढुवानीको जिम्मा पाएकोमा हालसम्म एक हजार ४६३.३० क्वीन्टल मात्रै आइपुगेको छ। त्यसैगरि पैदल मार्गबाट ४ हजार क्वीन्टल खाद्यन्न ढुवानीको व्यवस्था भए पनि राजापुरबाट ६०.९० र सुर्खेतबाट ४१.४० क्वीन्टल खाद्यन्न ढुवानी भएको छ।

वि.सं.२०७९ माघ २३ सोमवार १३:४४ मा प्रकाशित

You can share this post!

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

वि.सं.२०७९ चैत १५ बुधवार १७:२१

काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश...

सिराहामा एसईईको तयारी पूरा, १० हजार बढी विद्यार्थी सहभागी हुँदै

सिराहामा एसईईको तयारी पूरा, १० हजार बढी विद्यार्थी सहभागी हुँदै

वि.सं.२०७९ चैत १५ बुधवार १७:०४

मुकेश कुमार यादव / सिरहा । सिराहामा विद्यालय शिक्षाको फलामे...

नबिल बैंकको दुई वटा शाखा कार्यालय स्थानान्तरण हुँदै

नबिल बैंकको दुई वटा शाखा कार्यालय स्थानान्तरण हुँदै

वि.सं.२०७९ चैत १५ बुधवार १६:४०

काठमाडौं । नबिल बैंकको दुई वटा शाखा कार्यालय स्थानान्तरण हुने...

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

वि.सं.२०७९ चैत १५ बुधवार १६:२४

मुकेश कुमार यादब, सिरहा। गोलबजार नगरपालिकाले मेयर श्यामकुमार श्रेष्ठमाथि मोविल...

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

वि.सं.२०७९ चैत १५ बुधवार १६:१९

काठमाडौं । ज्योति विकास बैंकले ग्लोबल मनी विक २०२३ अभियान...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

वि.सं.२०७९ चैत १५ बुधवार १६:०१

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सिईओमा चङकी क्षेत्री नियुक्त...