back

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

हेमन्त केसी,सुर्खेत । हुम्लाको नारा लेकमा भारी हिमपात भएपछि चीनबाट आएको सामग्री हिल्सामै रोकिएको छ । चीनले एक तर्फी रुपमा खुलाएको उक्त नाकाबाट ल्याइएको सामग्री हिमपातले नारा लेकबाट आउने बाटो बन्द भएपछि सामान ल्याउन नसकिएको हो ।

वैशाखअघि उक्त लेकबाट सामान ल्याउन सक्ने अवस्था नरहेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए । यारी लेकको उचाई चार हजार ६ सय मिटर रहेको छ । हिल्साबाट सामग्री बुझे पनि सिमकोट तर्फ ल्याउन नपाएको बताइएको छ ।

पहिलो लटमा हिल्सा भित्रिएको खाद्यान्न र लत्ता–कपडा सदरमुुकाम सिमकोट आए पनि बिकास निर्माणका सामान भने सबै हिल्सामै रोकिएको हो। उक्त सामानलाई ब्यापारीले हिल्सामा पालले छोपेर राखिएको छ। हिल्सामा रहेको सामानमा एघार हजार बोरा सिमेन्ट र तीन गाडी सरिया रहेको छ।

अब नारा लेकको सडक सुचारु नभएसम्म उक्त सामान हिल्सामै रोकिनेछ। नारा लेकमा तीन देखि चार फिट हिउँ जमेको कारण उक्त सामान वैशाखअगाडि ल्याउन सम्भव देखिएको छैन। पुुस १३ गते कोरानापछि चीनले हिल्सा नाकाबाट पहिलो पटक सामान आयात गर्न एकतर्फी नाका खुलाएको थियो।

पटक–पटक गरी चीनले ३४ गाडी खाद्यान्न, लत्ताकपडा र विकास निर्माणका सामग्री नेपाल पठाएको थियो। यसबाट तीस लाखभन्दा बढीको सामान चीनबाट नेपाल आयात भएको थियो। ब्यापारीलाई सरिया र छड नबिग्रिए पनि सिमेन्ट भने चिसोले बिग्रिने चिन्ता थपिएको छ।

वि.सं.२०७९ माघ २३ सोमवार १७:११ मा प्रकाशित

You can share this post!

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

वि.सं.२०७९ चैत १५ बुधवार १७:२१

काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश...

सिराहामा एसईईको तयारी पूरा, १० हजार बढी विद्यार्थी सहभागी हुँदै

सिराहामा एसईईको तयारी पूरा, १० हजार बढी विद्यार्थी सहभागी हुँदै

वि.सं.२०७९ चैत १५ बुधवार १७:०४

मुकेश कुमार यादव / सिरहा । सिराहामा विद्यालय शिक्षाको फलामे...

नबिल बैंकको दुई वटा शाखा कार्यालय स्थानान्तरण हुँदै

नबिल बैंकको दुई वटा शाखा कार्यालय स्थानान्तरण हुँदै

वि.सं.२०७९ चैत १५ बुधवार १६:४०

काठमाडौं । नबिल बैंकको दुई वटा शाखा कार्यालय स्थानान्तरण हुने...

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

वि.सं.२०७९ चैत १५ बुधवार १६:२४

मुकेश कुमार यादब, सिरहा। गोलबजार नगरपालिकाले मेयर श्यामकुमार श्रेष्ठमाथि मोविल...

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

वि.सं.२०७९ चैत १५ बुधवार १६:१९

काठमाडौं । ज्योति विकास बैंकले ग्लोबल मनी विक २०२३ अभियान...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

वि.सं.२०७९ चैत १५ बुधवार १६:०१

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सिईओमा चङकी क्षेत्री नियुक्त...