back
NMB ad

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

Kumari bank ad

काठमाडौं । काठमाडौंको प्रतिष्ठित पाँचतारे होटेल याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार राखिएको भन्दै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी परेको छ । एकीकृत ट्रेड युनियन महासंघ नेपालले दरवारमार्गमा सञ्चालनमा रहेको होटल याक एण्ड यतिले प्रचलित श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ विपरित अस्ट्रियन नागरिक मोनिका पिटर स्काइब्लाउरलाई जनरल मेनेजरको पदमा काम लगाउँदै आएकोले होटेल र कामदार दुवै पक्षलाई आवश्यक कारवाहीको माग गरेको छ ।

विवादित व्यवसायी राधेश्यम सराफको लगानी रहेको होटल याक एण्ड यतिले व्यापारिक भिसामा नेपालामा रहेको अष्ट्रियाको नागरिकलाई श्रमस्वीकृतिबिना महाप्रबन्धकमा नियुक्त गरिएको खुलासा भएको हो । सराफकै समूहले नेपाली लागनी समेत भएको होटल हायतको सम्पत्ति जालसाजी पूर्वक कब्जामा लिएको छ ।

श्रमस्वीकृतिविना विदेशीले नेपालमा काम गर्न पाउँदैनन् । तर मोनिकाले याक एण्ड यतिको महाप्रबन्धक पदमा जागिर खाइरहेकी छिन । श्रम कानुनको उलंघन गर्दै याक एण्ड यतिले मोनिकालाइ काम गराएको पाएपछि त्यहाँको कर्मचारीका संस्थाहरूले कारबाही लागि उजुरी गरेका छन ।

यस विषयमा ट्रेड यूनियन महासंघले नै गैरकानूनी रुपमा काम गर्ने विदेशी नागरिकलाई कारवाही गर्न निवेदन दिएसँगै यो विषय सार्वजनिक भएको हो । महासंघले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा कारबाहीको लागि भन्दै निवेदन दिएको छ ।

निवेदनमा अष्ट्रियन नागरिक मोनिका पिटर स्काइब्लाउरले बिना श्रम स्वीकृति होटेलमा काम गरिरहेकाले कारबाही गर्न माग गरिएको छ । उनले नेपालमा विजनेश गर्ने भनेर सोही अनुसारको भिसा लिएर अर्को प्रयोजनको काम गरेको पाइएको हो ।

उनले २०७८ सालको मंसिर महिनामा ब्लु इनर्जी प्रा.लि नामको कम्पनी दर्ता गरेर विजनेश भिसा लिएको देखिएको छ । तर काम भने उनले याक एण्ड यति होटलमा जीएमका रुपमा गर्दै आएकी छिन् ।

एक किसिमको प्रयोजनका लागि आएर अर्को प्रयोजनका लागि काम गरिरहेको अवस्थामा उनलाई कारबाही गर्नु पर्ने महासंघको माग छ । श्रम स्वीकृति बिनै काम लगाउने होटल र अष्ट्रियन नागरिकलाई कारबाही गर्न पनि विभागसमक्ष महासंघले अनुरोध गरेको छ ।

उनलाई उद्योग विभाग अन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाले उनलाई विजनेश भिसाको सिफारिस गरेको छ । विजनेश भिसा लिएर गैर कानूनी रुपमा काम गरिरहेको पाइएपछि हामीले उनलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहिनन् ।

वि.सं.२०७९ माघ २३ सोमवार २०:१३ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...