back
NMB ad

यस्तो छ आजको विनिमयदर, डलर, यूरो, पाउण्डको भाउ बढयो

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागी विदेशी विनिमय दर सार्वजनिक गरेको छ।

मंगलबार अमेरिकी डलरको भाउ १ रुपैयाँ ४४ पैसाले वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिददरमा  १३२ रूपैयाँ ७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार अमेरिकी डलरको खरिदमूल्य १३० रूपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रूपैयाँ २३ पैसामा कारोबार भएको थियो।

युरोपियन युरो आज एक रुपैयाँ १३ पैसाले उकालो लागेर यसको खरिदमा १४२ रूपैयाँ १५ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७९ पैसा कायम गरिएको छ। सोमबार यसको खरिददर १४१ रूपैयाँ २ पैसा र बिक्रीदर भने १४१ रूपैयाँ ६६ पैसामा कारोबार भएको थियो ।

उता, बेलायती पाउण्डको खरिददर १५८ रूपैयाँ ८७ पैसा र बिक्रीदर १५९ रूपैयाँ ५९ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा पाउण्ड एक रुपैयाँ ४१ पैसाले बढेको हो । सोमबार यसको खरिददर १५७ रूपैयाँ ४६ पैसा र बिक्रीदर १५८ रूपैयाँ १८ पैसा तोकिएको थियो ।

त्यसैगरी, अष्ट्रेलियन डलरको मूल्य ५७ पैसाले उकालो लागेर यसको खरिदमूल्य ९१ रूपैयाँ र बिक्रीमा ९१ रूपैयाँ ४१ पैसा तोकिएको छ । यसअघि सोमबार यसको खरिददर ९० रूपैयाँ ४२ पैसा र बिक्रीमा ९० रूपैयाँ ८४ पैसामा कारोबार भएको थियो ।

मंगलबार क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ २३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६८ पैसा तोकिएको छ।

कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४० पैसा कायम भएको। छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २० पैसा र बिक्रीदर ३५ रूपैयाँ ३६ पैसा तोकिएको छ भने युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३१ रूपैयाँ २ पैसा र बिक्रीमा ३१ रूपैयाँ १६ पैसा कायम छ भने कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ९३ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ८९ पैसामा पाइन्छ।

त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ९३ पैसा तोकिएको छ

वि.सं.२०७९ माघ २४ मंगलवार ०८:५७ मा प्रकाशित

You can share this post!

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...