back
NMB Ad

मोलुङ्ग हाइड्रोको आठ लाख कित्ता आइपिओ ५,६५३ जनालाई बाँडफाँट

Nepal Bank

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित ओखलङ्गा जिल्लाका बासिन्दाहरुको निम्ति निस्काशन गरेको एक सय रुपियाँ अङ्कित दरका ८,०२,५०० कित्ता साधारण शेयर बाँडफाँड गरिएको छ । मंगलबार प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडले ९,७३,२५० कित्ताको लागि आवेदन प्राप्त भएकोमा ५,६५३ जनालाई बाँडफाँट गरिएको जनाएको छ ।

उक्त आइपिओमा मोलुङ्ग गाँउपालिकाको वडा नं. १ देखि ८ सम्मका बासिन्दाहरुको लागि कूल १,९२७ जना आवेदकहरुबाट ४,२२,४५० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा १० कित्ता देखि ८०० कित्ता माग गर्ने १,८०७ जना आवेदकहरुलाई माग बमोजिम र ९०० कित्ता देखि १,००० कित्ता माग गर्ने १२० जना आवेदकहरुलाई ८२० कित्ताका दरले शेयर शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
यस्तै सुनकोशी गाउँपालिका वडा नं.१ देखि १० सम्मका बासिन्दाहरुको लागि कूल १,५८१ जना आवेदकहरु मार्फत २,५२,८९० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा १० कित्ता देखि ३३० कित्ता माग गर्ने १,४०७ जना आवेदकहरुलाई माग बमोजिम, ३५० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने १७४ आवेदकहरुलाई ३३० कित्ता शेयर बाँडफाँड गरिएको हो । साथै बाँकी रहेको ८८५ कित्ता शेयर ३५० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने १७४ जना आवेदकहरुलाई गोलाप्रथाबाट थप १०÷१० कित्ताका दरले ८८ जना सफल आवेदकहरुलाई ८८० कित्तासाथै बाँकी बचेको ५ कित्ता शेयर पुन ३५० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने १७४ जना गोलाप्रथाबाट थप १ ÷१ कित्ताका दरले ५ जना सफल आवेदकहरुलाई बाँडफाँड गरिएको थियो ।
सिद्दिचरण नगरपालिका वडा नं. १ देखि १२ सम्मका बासिन्दाहरुबाटको लागि कूल २,११२ जना आवेदकहरु मार्फत २,९५,३७० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा १० कित्ता देखि १७० कित्ता माग गर्ने १,६५२ जना आवेदकहरुलाई माग बमोजिम, १८० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने ४६० जना आवेदकहरुलाई १८० कित्ता शेयर बाँडफाँड गरिएको थियो । बाँकी रहेको ३,९२५ कित्ता शेयर १९० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने ४६० जना आवेदकहरुलाई गोलाप्रथाबार्ट १०÷१० कित्ताका दरले ३९२ जना सफल आवेदकहरुलाई ३,९२० कित्ता बिाँडफाँड गरिएको थियो । साथै बाँकी बचेको ५ कित्ता शेयर पुन १९० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने ४६० जना आवेदकहरुलाई गोलाप्रथाबाट१ ÷१ कित्ताका दरले ५ जना सफल आवेदकहरुलाई बाँडफाँड गरिएको क्यापिटलले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

वि.सं.२०७९ माघ २५ बुधवार ०८:४३ मा प्रकाशित

You can share this post!

चिनियाँ कम्पनी सेरेसको एसियाली विस्तार अभियान सुरु, थाई बजारमा सेरेस ३ सार्वजनिक

चिनियाँ कम्पनी सेरेसको एसियाली विस्तार अभियान सुरु, थाई बजारमा सेरेस ३ सार्वजनिक

वि.सं.२०८२ जेठ ८ बिहीवार २१:४२

बैंकक, थाईल्याण्ड : चिनियाँ विद्युतीय सवारी निर्माता सेरेसले आफ्नो नयाँ...

पेस्तोलसहित दुई युवा पक्राउ   

पेस्तोलसहित दुई युवा पक्राउ   

वि.सं.२०८२ जेठ ८ बिहीवार २०:२७

तनहुँ  : पृथ्वीराजमार्ग सडकअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज पेस्तोलसहित...

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:२१

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट...

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०९

काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले मंगलबारको मन्त्रिपरिषद्का...

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०१

काठमाडौँ : संघीय संसद्को अर्थ समितिमा आज सम्पन्न छलफलमा निजी...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८२ जेठ ८ बिहीवार १६:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...