back
NMB Ad

शताब्दीकै सबैभन्दा लामो आर्थिक मन्दी, नेपालमा नोटबन्दीसम्मको ग्रहयोग बन्दै

सुरेशचन्द्र रिजाल

आकाशमा छरिएर  रहेका ग्रहहरुका परिवर्तनसँगै यसले पार्ने प्रभाव क्रमशः सामाजिक, आर्थिक, राजनैतिक र पारिवारिक रुपमा कर्मअनुसार फरक–फरक ढङ्गबाट सकारात्मक र नकारात्मक प्रभाव परिरहेको हुन्छ।

ज्योतिषीय गणनाअनुसार शनि ग्रहले धनु राशिदेखि मीन राशिसम्म गोचर गर्ने समयमा विश्वले ठूलै आर्थिक मन्दीको सामना गर्नुपरेको खगोलीय अनुसन्धानबाट पत्ता लागेको छ । शनि ग्रहलाई धनु राशिबाट मीन राशिसम्मको गोचर भ्रमण पूरा गर्न करिब १० वर्षको समय लाग्नेछ।

अहिले नेपाल लगायत विश्वले नै शताब्दीकै सबैभन्दा ठूलो आर्थिक मन्दीको सामना गर्नु परिरहेको छ । २०१७ फेब्रुअरी १६ अर्थात् २०७३ फागुन ५ गतेदेखि शनि ग्रहले धनु राशिको गोचर प्रारम्भ गरेको पञ्चाङ्गमा उल्लेख गरिएको छ । शनिले मीन राशिको गोचर पूरा गर्न अझै  २०८३ को अन्त्य सम्म कुर्नु पर्नेछ ।

ज्योतिषीय गणनाअनुसार २०७३ देखि २०८३ सम्म नेपालमा आर्थिक मन्दीको समय रहने योग निर्माण भएको छ । यस्तो अवस्थामा सरकारले नोटबन्दीको निर्णयसमेत गर्नसक्ने ग्रहयोगले देखाएको छ । यसको प्रभाव राजनीतिमा पनि अधिक रुपमा देखिने छ । वैदेशिक व्यापार  घाट पनि यथावत् रहिरहनेछ ।

यसअघि सन् १९२९–१९३९ बीचको एक दशक विश्वमा ठूलो आर्थिक मन्दी छाएको थियो, त्यसलाई महामन्दी (द ग्रेट डिप्रेसन) भनियो । सन् १९२९ अक्टोबर २९ मा अमेरिकी सेयर बजार गिरावटबाट भएसंगै महामन्दीको अनुभूति गरिएको थियो । यसले विश्वका अधिकांश देशको अर्थतन्त्रलाई नराम्रो असर पारेको थियो । यो समयमा पनि पनि शनिको गोचर धनुराशिमा नै थियो भने अन्त्य हुनेबेला शनि मीन राशिमा रहेको ज्योतिषीय गणनाबाट पत्ता लागेको छ ।

यसका आधारमा हेर्दा हरेक ९० देखि एक सय वर्षको अवधिमा यस्तो समय आउने गरेको ज्योतिषीय गणनाले पुष्टि गरेको छ । यसवर्ष माघ २७ गतेबाट शनिको राशि परिवर्तन भएका छ । शनिको राशि परिवर्तनपछि दुई वर्ष ६ महिना शनिले कुम्भ राशिमा गोचर गर्नेछन् । शनिले मीन राशिको गोचर पूरा गर्न अझै ५ वर्ष लाग्नेछ । देशले अझै ५ वर्ष आर्थिक मन्दीको सामना गर्नुपर्ने ग्रहयोगले देखाएको छ ।

(लेखक सुरेशचन्द्र रिजाल ज्योतिष तथा वास्तुविद् हुन् ।)

वि.सं.२०७९ माघ २७ शुक्रवार १०:४३ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
गैंडाकोटमा भेस्पा/अप्रिलिया स्कुटरको नयाँ शोरूम उद्घाटन, विशेष अफर र टेस्ट ड्राइभ क्याम्प घोषणा

गैंडाकोटमा भेस्पा/अप्रिलिया स्कुटरको नयाँ शोरूम उद्घाटन, विशेष अफर र टेस्ट ड्राइभ क्याम्प घोषणा

वि.सं.२०८१ फागुन २६ सोमवार २१:२९

गैंडाकोट : नेपालका लागि भेस्पा/अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प...

लोकगायक बद्री पंगेनी बने सजिलो नेटका ब्राण्ड एम्बासडर

लोकगायक बद्री पंगेनी बने सजिलो नेटका ब्राण्ड एम्बासडर

वि.सं.२०८१ फागुन २६ सोमवार २१:१६

काठमाडौं : चर्चित इन्टरनेट सेवा प्रदायक सजिलो नेट ले लोकप्रिय...

राष्ट्रिय श्रम सम्मेलनमा नाडा र सरकारबीच समझदारी: अटोमोवाइल क्षेत्रमा रोजगारी प्रवर्द्धनका लागि साझेदारी

राष्ट्रिय श्रम सम्मेलनमा नाडा र सरकारबीच समझदारी: अटोमोवाइल क्षेत्रमा रोजगारी प्रवर्द्धनका लागि साझेदारी

वि.सं.२०८१ फागुन २६ सोमवार २१:०३

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पाँचौं राष्ट्रिय...

क्रेष्ट माइक्रो लाइफको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम दिनसम्मको अपडेट

क्रेष्ट माइक्रो लाइफको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम दिनसम्मको अपडेट

वि.सं.२०८१ फागुन २६ सोमवार १८:०६

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा २ अर्ब ४४...

नेप्सेमा ७ अर्ब ४२ करोड बराबरको बोनस सेयर सूचिकृत

नेप्सेमा ७ अर्ब ४२ करोड बराबरको बोनस सेयर सूचिकृत

वि.सं.२०८१ फागुन २६ सोमवार १८:००

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा २०८१ माघ मसान्तसम्म ८ अर्ब...

बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा गिरावट, कर्जाको लागत घट्ने संकेत

बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा गिरावट, कर्जाको लागत घट्ने संकेत

वि.सं.२०८१ फागुन २६ सोमवार १७:५३

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा गिरावट देखिएको छ।...