काठमाडौं । नाडेप लघुवित्त वित्तिय संस्थाले लाभांश रद्द गरेको छ । कम्पनीको माघ २९ गते बसेको संचालक समितिको बैठकले लाभांश रद्द गर्ने घोषणा गरेको हो ।
नाडेप लघुवित्त र डिप्रोक्स लघुवित्त संस्थासंग प्राप्ति सम्बन्धि सम्झौताको सर्त बमोजिम प्राप्ति कार्य सम्पन्न हुन नसकी सैद्धान्तिक सहमति बदर भई अर्को कुनै वित्तिय संस्थासँग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मको लागि सेयरधनीलाई दिने लाभांश वितरणमा राष्ट्र बैंकले प्रतिबन्ध लगाएकाले प्रस्तावित लाभांश वितरण गर्न नसकिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
वि.सं.२०७९ फागुन १ सोमवार १५:१८ मा प्रकाशित