back
NMB ad

डिजिटल लर्निङ, साक्षरता र क्षमता अभिवृद्धिमा सरोकारवालाहरूको जोड

Kumari bank ad

काठमाडौं । एडचेञ्ज नेपालले डिजिटल लर्निङ डे २०२३ नेपालमा पनि मनाएको छ । डिजिटल सिकाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उदेश्यले फागुन ११ गते बिहीबार ‘इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ’ विषयमा कार्यक्रमको आयोजना गर्दै डिजिटल लर्निङ डे मनाएको हो ।

एडचेञ्ज नेपालकी अध्यक्ष डा. राजेश्वरी मल्लको सभापतित्वमा सुरू भएको कार्यक्रमको प्रमुख अतिथिमा सांसद तथा नेपाली कांग्रेसका नेता एनपी साउदको उपस्थिति रहेको थियो । यस्तै विशेष अतिथिको रूपमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह, खुला विश्वविद्यालयकी उप कुलपति प्रा. डा. सिलु मानन्धर बज्राचार्य र सुदूरपश्चिम प्रदेश सभाका सदस्य पदम शाहीको सहभागीता रहेको थियो ।

कार्यक्रममा अतिथिको रूपमा प्याबसनका अध्यक्ष डीके ढुंगाना, प्याब्सका सह(अध्यक्ष सुवास न्यौपाने, काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डीन प्रा। डा बाल चन्द्र लुइटेल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सुवास ढकाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गोविन्द प्रसाद अर्याल लगायतका शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

होटल हिमालय, कुपण्डोलमा आयोजना भएको कार्यक्रममा विभिन्न विज्ञहरुबाट कार्यपत्र प्रस्तुती, प्यानल सेसन र आइडिया पिचिङको भएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले डिजिटल लर्निङ, साक्षरता र शिक्षकको क्षमता अभिवृद्धिमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै एडचेन्ज नेपालका संस्थापक सदस्य विकेश महर्जनले गुणस्तरीय शिक्षा र डिजिटल शिक्षालाई प्रवर्द्धन गर्न एडचेन्ज नेपाल संस्था स्थापना गरेको अवगत गराएका थिए ।

डिजिटल शिक्षाका लागि राज्य अगाडि आउनुपर्ने बताउँदै कार्यक्रमका प्रमुख अतिथि एनपी साउदले डिजिटल शिक्षाका लागि संसद र सरकारमा पहल गर्ने प्रतिवद्धता जनाए ।
त्यस्तै प्याबसनका अध्यक्ष डीके ढुंगानाले शिक्षाको महत्वपूर्ण भागको रूपमा डिजिटल शिक्षा भइसकेको बताए ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री गणेश शाहले शिक्षामा सरकारले लगानी गर्नुपर्नेमा जोड दिए । शिक्षामा लगानी गरे मात्र देश समृद्ध हुन्छ,ु उनले भने, यसका साथै अब डिजिटल लर्निङ डेको ओनरसीप सरकारले पनि लिनुपर्छ । डिजिटल शिक्षाको इकोसिस्टम विकासमा जोड दिनुपर्छ ।
कार्यक्रममा मुख्य वक्ताको रूपमा रहेका काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा. बालचन्द्र लुइटेलले एआई धेरै परिस्कृत भएको जानकारी दिदै अब क्रियटिभ र समस्या केन्द्रित सिकाइ हुनुपर्ने बताए ।

नेपाल खुला विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर डा. भोजराज घिमिरेले डिजिटल शिक्षामा भएका प्रयास, चुनौती र गर्नुपर्ने कामको बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा प्यानल डिस्कसन समेत भएको थियो । सेसनमा वक्ताको रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सुवास ढकाल, शिक्षा तथा मानव स्रोत केन्द्रका निर्देशक गोविन्द प्रसाद अर्याल, युनेस्को नेपालका शिक्षा शाखा प्रमुख डा. धुर्व राज रेग्मी, प्याब्सनका सह( अध्यक्ष सुवास न्यौपाने र नागार्जुन नगरपालिकाकी उप मेयर सुशिला अधिकारीको उपस्थिति रहेको थियो । सेसनलाई आईसिटी फाउन्डेसन नेपालका सह-संस्थापक तथा नलेज म्यानेजमेन्ट विज्ञ हेमपाल श्रेष्ठले सहजीकरण गरेका थिए ।

प्यानल डिसकसन सेसनमा उप सचिव ढकालले डिजिटल लर्निङका लागि सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए । डिजिटल लर्निङको सिस्टम केन्द्रिकृत हुनुपर्ने र कन्टेन्ट लोकलाइज हुनुपर्ने उनको भनाइ छ ।

यस्तै अर्का वक्ता गोविन्द अर्यालले केन्द्रले गरेका कामको बारे जानकारी दिदै विविध कारणले डिजिटल लर्निङको क्षेत्रमा जति गर्नुपर्ने काम हो, त्यति गर्न नसकेको स्वीकार गरे ।

यस्तै डा. धुर्व राज रेग्मीले दुर्गम क्षेत्रमा लर्निङ र टिचिङ क्यापासिटीको ग्याप रहेको जानकारी दिए ।
त्यसैगरी सेसनमा बोल्दै प्याबसनका सुवास न्यौपानेले डिजिटल बिनाको शिक्षा कल्पना गर्न नसकिने बताए ।

यस्तै उप मयेर अधिकारीले डिजिटल लर्निङका लागि सबैको सहकार्य, समन्वय र सह-अस्तित्वको भावानासहित अगाडि बढ्नुपर्ने बताइन् ।

कार्यक्रममा शिक्षकहरूले टिचिङ अभ्यासको बारेमा नयाँ नयाँ आइडियाहरु प्रस्तुत गरेका थिए । एडचेञ्ज नेपालले आयोजना गरेको कार्यक्रममा निमा एकेडेमी, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी, मेन्टर ल्याब, लर्डबुद्ध एजुकेसन फाउन्डेसन, अपग्राड, कोडिङगल, वर्ल्ड भिजन, सेभ द चिल्ड्रेन, चाइल्ड फण्ड, चाइल्ड सेफ नेट, एन प्याबसन, एपेक्स लाइफ स्कुल, लिभिङ विथ आइसिटी, आइसिटी फाउन्डेसन नेपाल, काठमाडौं विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालयको सहकार्य रहेको थियो ।

वि.सं.२०७९ फागुन १२ शुक्रवार ११:२९ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...