back
NMB Ad

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानको बलात्कार सम्बन्धी मुद्दामा परेको पुनरावेदनको आइतबार भएको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ।

सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासले सुनुवाइलाई सोमबार निरन्तरता दिनेछ । सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गरेपछि सन्दीपका कानुन व्यवसायीले बहस सुरु गरेका थिए ।
जाहेरवालाका तर्फबाट महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर सुनुवाइ भएको हो ।

यसअघि पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि महान्यायाधिवक्ता कार्यालय सर्वोच्च पुगेको थियो ।

बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले गरेको पुनरावेदनमा उच्च अदालतले उक्त आदेश गरेको थियो ।

पाटन उच्च अदालतले सन्दीपलाई विदेश जान पनि रोक लगाएको छ । सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग महान्यायाधिवक्ता कार्यालयको छ ।

सन्दीपले आफूलाई विदेश जान खुला गर्नुपर्ने भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । उच्च अदालत पाटनकै आदेशका कारण सन्दीप विश्वकप लिग २ अन्तर्गत यूएईमा सोमबारदेखि सुरु हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोलीमा छैनन् ।

वि.सं.२०७९ फागुन १४ आइतवार १७:२४ मा प्रकाशित

You can share this post!

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनको कति ?

वि.सं.२०८१ चैत १ शनिवार २०:५५

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ चैत १ शनिवार १८:०८

वीरगञ्ज (पर्सा) २ चैत : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक...

टेस्लाले बिरामी कामदारको तलब रोकेको जर्मन युनियनको दाबी   

टेस्लाले बिरामी कामदारको तलब रोकेको जर्मन युनियनको दाबी   

वि.सं.२०८१ चैत १ शनिवार १८:०३

फ्र्याङफर्ट : जर्मनीको बर्लिन नजिकै रहेको टेस्लाको कारखानाले बिरामी बिदामा...

बिमा: आर्थिक सुरक्षाको आधार, समृद्ध नेपालको पहिचान

बिमा: आर्थिक सुरक्षाको आधार, समृद्ध नेपालको पहिचान

वि.सं.२०८१ चैत १ शनिवार ०६:५५

पोषकराज पौडेल अध्यक्ष, नेपाल जीवन बिमक संघ सरसर्ती हेर्दा नेपालको...

एनसेल नेपाल सुपर लिग २०२५ : खेल तालिका सार्वजनिक, पहिलो खेल भ्याली डर्बी काठमाडौं र ललितपुर भिड्ने

एनसेल नेपाल सुपर लिग २०२५ : खेल तालिका सार्वजनिक, पहिलो खेल भ्याली डर्बी काठमाडौं र ललितपुर भिड्ने

वि.सं.२०८१ चैत १ शनिवार ०६:४३

काठमाडौं : प्रतीक्षित एनसेल नेपाल सुपर लिग (NSL) २०२५ ले...

कोदोको पिठोबाट गाउँमै बिस्कुट   

कोदोको पिठोबाट गाउँमै बिस्कुट   

वि.सं.२०८१ चैत १ शनिवार ०६:३३

म्याग्दी  : यहाँको धवलागिरी गाउँपालिका–७ ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन...