back

राष्ट्र बैंकले सर्वसाधारणलाई गर्यो यस्तो आग्रह

Nepal Bank

काठमाडौं । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ऋणीबाट १५ प्रतिशतभन्दा ब्याजदर असुली गरे आफूसमक्ष उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । राष्ट्र बैंकले एक सूचना सन्देश जारी गर्दै लघुवित्त वित्तीय संस्थाका लागि १५ प्रतिशत अधिकम ब्याजदर तोकिएकाले त्योभन्दा बढी कर्जा असुली गरेको अवस्थामा सिधै आफूसमक्ष उजुरी गर्न भनेको हो ।

सूचनामा लघुवित्त वित्तीय संस्थाहरुलाई कर्जाको ब्याजदरमा १५ प्रतिशतको क्याप लगाएको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंककाअनुसार कुनै पनि लघुवित्तको ब्याजदर १५ प्रतिशत भन्दा माथि छैन ।

साथै राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकलाई ‘क’ वर्ग, विकास बैंकलाई ‘ख’ वर्ग, फाइनान्स कम्पनीलाई ‘ग’ वर्ग र लघुवित्त वित्तीय संस्थालाई ‘घ’ वर्गका संस्था हुन् ।

यी संस्थाहरु नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र पाएका संस्था हुन् । सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक फरक संस्था हुन् । यी संस्थाले दिने सेवा र ब्याजदर फरक रहेको बताएको छ ।

पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुले धेरै ब्याजदर लिएको आरोप लागेसँगै केन्द्रीय बैंकले उक्त सूचना जारी गरेको हो ।

वि.सं.२०७९ फागुन १६ मंगलवार १३:२६ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...