back

नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा, चलचित्र दर्ता आह्वान

काठमाडौं । नेपाल ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करण आउँदो वैशाखमा हुने भएको छ ।

सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामिण कथावस्तुमा बनेका चलचित्र समावेश गरिनेछ । महोत्सवको लागि चलचित्र दर्ता आह्वान गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए ।

महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका चलचित्रहरू अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिनेछ ।

दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्महरुलाई विश्वमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको सापकोटाले बताए । उनका अनुसार महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ।

गत वर्ष गोरखाको लाप्राकमा महोत्सव गरिएको थियो ।

वि.सं.२०७९ फागुन २१ आइतवार १७:२० मा प्रकाशित

You can share this post!

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

वि.सं.२०७९ चैत १५ बुधवार १७:२१

काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश...

सिराहामा एसईईको तयारी पूरा, १० हजार बढी विद्यार्थी सहभागी हुँदै

सिराहामा एसईईको तयारी पूरा, १० हजार बढी विद्यार्थी सहभागी हुँदै

वि.सं.२०७९ चैत १५ बुधवार १७:०४

मुकेश कुमार यादव / सिरहा । सिराहामा विद्यालय शिक्षाको फलामे...

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

वि.सं.२०७९ चैत १५ बुधवार १६:२४

मुकेश कुमार यादब, सिरहा। गोलबजार नगरपालिकाले मेयर श्यामकुमार श्रेष्ठमाथि मोविल...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

वि.सं.२०७९ चैत १५ बुधवार १६:०१

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सिईओमा चङकी क्षेत्री नियुक्त...

प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने

प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने

वि.सं.२०७९ चैत १५ बुधवार १५:५१

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा  (एकीकृत समाजवादी) ले प्रकाश...

बिपिडब्लु लघुवित्त र मेगा क्यापिटल मार्केट्स बीच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने बारे सम्झौता

बिपिडब्लु लघुवित्त र मेगा क्यापिटल मार्केट्स बीच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने बारे सम्झौता

वि.सं.२०७९ चैत १५ बुधवार १५:३७

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल...