back

२९ हजारले लिए ई-सिम, के हो ई-सिम ?

काठमाडौं  । नेपालमा ई-सिम (इम्बेडेड सवस्क्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको सङ्ख्या २९ हजार नाघेको छ। नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले गत भदौ ३१ देखि हालसम्म २९ हजारभन्दा बढी वितरण भइसकेको जानकारी दिए।

नेपाल टेलिकमले सुरुमा सुन्धारा काउन्टरबाट ई-सिम वितरण गरेको थियो। साथै गत असोज ४ देखि भने नक्साल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोङ्गबु, छाउनी र पुलचोक ग्राहक सेवा केन्द्रबाट वितरण सुरु गरेको थियो भने मङ्सिर ८ देखि भने देशभर ई-सिम उपलब्ध गराइएको हो।

नेपाल टेलिकमका पुराना ग्राहकले ई-सिम लिन चाहेमा निःशुल्क प्राप्त गर्न सक्छन्। पोस्टपेडको नयाँ ई(सिम लिन चाहनेले अहिले बिक्री भइरहेकै मूल्यमा लिन सक्छन्, प्रवक्ता अधिकारीले भने, ई-सिममा ग्राहकले आफ्नो उपकरणअनुसार बढीमा २० वटासम्म नेटवर्कमा जोड्न सक्छन्। तर एकपटक भने एउटा नेटवर्कमा मात्रै जोड्न सकिने उनको भनाइ छ।

के हो ई-सिम ?

ई-सिम इलेक्ट्रिक सिम हो। जुन मोबाइल डिभाइस तथा डिजिटल डिभाइसमै इम्बेड गर्न सकिन्छ। मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसमा पनि प्रयोग गर्न सकिन्छ। ई-सिम उपलब्ध भएपछि भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता रहँदैन।

ई-सिम प्रयोग गर्न मोबाइल सेटमा ई-सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ। क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई-सिम प्रयोग गर्न सकिन्छ।

सिमकार्डमा प्रयोग हुने स्टोरेज, मेमोरी मोबाइल डिभाइसमा हुन्छ। ग्राहककर्ताले प्रयोग गर्ने मोबाइलमा भएको विशेषताअनुसार र ग्राहकले लिन चाहने सेवासँग ई-सिम जोडिन्छ। ई-सिम इम्बेड हुनाले सिमकार्डजस्तो हराउने, भाँचिने हुँदैन।

यस्तो सुविधा यदि कुनै व्यक्ति विदेशमा गएको खण्डमा विदेशको नेटवर्क सेवा लिएर पुरानो नेटवर्क पनि राख्न सकिन्छ। त्यसलाई मोबाइलबाट हटाउन वा सिम निकाल्नुपर्ने झन्झट हुँदैन। विदेशमा उतैको ई-सिम लिएर सहजै विदेशी नेटवर्कसँग जोडिन सकिन्छ।

सिमकार्ड प्रयोगमा रहँदा मोबाइल हराएको खण्डमा पुनः पहिले लिएको सिमको प्रक्रियाअनुसार प्राप्त गर्न सकिन्छ भने ई-सिम प्रयोगकर्ताको सुविधालाई मध्यनजर गर्दै मोबाइल हराएको खण्डमा हालसम्म दुईरतीन पटकसम्म क्युआर स्क्यान गरी सोही सिम लिन सकिन्छ।

जुन स्कानर ग्राहकले ई-सिम लिँदा नै प्राप्त गर्ने व्यवस्था हुन्छ। जसको सुरक्षा ग्राहक स्वंयमले नै गर्नुपर्छ। ई-सिम सपोर्ट गर्ने जुनसुकै ग्राहकले ई-सिम प्राप्त गर्न सक्ने व्यवस्था छ। सिमकार्डको प्राप्तिका लागि चाहिने कागजात र शुल्क ई-सिम प्राप्त गर्नका लागि पनि एउटै व्यवस्था छ। सिमकार्डमा भएको सबै सेवा ई-सिममा पनि रहेन र ई-सिममा थप सुविधा रहन्छ।

ई-सिममार्फत एउटा फोनबाट अर्को फोनबाट डाटा सार्न, ई-सिममा उपलब्ध डाटालाई आवश्यकता अनुसार परिवर्तन गर्न समेत सकिन्छ। मोबाइलले ई-सिम सपोर्ट गर्छ भने जुन अपरेटरको सेवा लिन मन छ ग्राहककोमा आफ्नो केवाईसी अद्यावधिक गराएर सिम प्रोफाइल अपडेट गराए मात्र पुग्ने टेलिकमले जनाएको छ।

विश्वभर सूचना प्रविधिले फड्को मारेको परिवेशमा नेपालमा पनि ई-सिमको माग पनि बढ्दै गएको छ। नयाँ प्रविधिको विकाससँगै भविष्यमा ई(सिमको माग बढ्नसक्ने सम्भावना रहेको प्रवक्ता अधिकारीले बताए।

वि.सं.२०७९ फागुन २५ बिहीवार १९:५८ मा प्रकाशित

You can share this post!

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

वि.सं.२०७९ चैत १५ बुधवार १७:२१

काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश...

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

वि.सं.२०७९ चैत १५ बुधवार १६:२४

मुकेश कुमार यादब, सिरहा। गोलबजार नगरपालिकाले मेयर श्यामकुमार श्रेष्ठमाथि मोविल...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

वि.सं.२०७९ चैत १५ बुधवार १६:०१

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सिईओमा चङकी क्षेत्री नियुक्त...

बिपिडब्लु लघुवित्त र मेगा क्यापिटल मार्केट्स बीच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने बारे सम्झौता

बिपिडब्लु लघुवित्त र मेगा क्यापिटल मार्केट्स बीच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने बारे सम्झौता

वि.सं.२०७९ चैत १५ बुधवार १५:३७

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल...

राम नवमीका अवसरमा भोलि सार्वजनिक बिदा

राम नवमीका अवसरमा भोलि सार्वजनिक बिदा

वि.सं.२०७९ चैत १५ बुधवार १५:३०

कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको...

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक

वि.सं.२०७९ चैत १५ बुधवार १५:२६

काठमाडौं । ग्लोबल आइएमई बैंकले युवा/विद्यार्थीहरू माझ वित्तीय साक्षरता प्रवर्द्धन...