back
NMB ad

ब्याजदरबिरुद्धको आन्दोलनः उद्योग बाणिज्य महासंघले फिर्ता लिएपनि ब्यावसायीले नरोक्ने

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासनलाई अस्विकार गर्दै बैंक तथा बित्तिय संस्थाबिरुद्धको आन्दोलनलाई नरोकिने भएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघसहित ४१ वटा संगठनले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्धको आन्दोलन स्थगन नभएको जनाउँदै आन्दोलनलाई निरन्तरता दिने भएका हुन ।

गत मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेट गरे पछि उद्योग बाणिज्य महासंघले बैंक तथा बित्तिय संस्थाको ब्याजदर बिरुद्धको आन्दोलन फिर्ता लिएको जनाएको थियो  तर महासंघले फिर्ता लिएको जनाएपनि ४२ वटा ब्यापार संगठन आबद्ध बैंकको ब्यादर बिरुद्ध मुल संघर्ष समितिले भने ब्याजदर विरुद्धको आन्दोलन जारी रहने जनाएका हुन् ।

‘बैक तथा बित्तिय क्षेत्रले केही महिना अघि ७ र ८ प्रतिशतसम्म रहेको कर्जा ब्याजदर १७ देखी १८  प्रतिशतसम्म बनाउँदा विकाराल अवस्था बनेको’ उल्लेख गर्दैै बैकिङ आतंक बिरुद्ध आन्दोलन जारी रहने जनाएका हुन । संघर्ष समितिले उद्योगी ब्यापारीहरुको छाता संगठन उद्योग बाणिज्य महासंघको निर्णय प्रति पनि आपत्ति जनाएका छन् ।

‘केही दिन अघि हाम्रो महासंघ र संघहरुको आन्दोलनसँग सरोकार नरहने समुहले सम्पुर्ण उद्योग ब्यावसायीहरुले गर्दै आइरहेको संघर्षको कार्यक्रम फिर्ता लिएको भन्ने समाचार प्रति ध्यानाकर्षण भएको छ,’ संघर्ष समितिले भनेको छ, ‘उक्त समाचार प्रति यस संघर्ष समितिको कुनै पनि संलग्नता नरहेको कुरा प्रस्ट पार्न चाहान्छौं, संघर्ष समितिको शान्तिपुर्ण बिरोधको कार्यक्रम जारी रहेको जानकारी गराउँदछौं ।’ सरकारले व्यवसायीका माग सम्बोधन नगरेकाले आन्दोलन जारी राख्नु परेको संयुक्त संघर्ष भनाइ छ ।

वि.सं.२०७९ चैत २ बिहीवार ०७:३७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...