back

डिडिसीले बढायो दूधको मुल्य, उपभोक्ताले अब कति तिर्नुपर्छ ?

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान ९डीडीसी० ले आज देखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ ।

संस्थानले बिहिवार देखी लागु हुने गरी उपभोक्ताका लागि सबै ४ प्रकारको दूधको मुल्यमा ११ देखी १६ रुपैयाँसम्म बढाएको हो । निजी डेरी संगठनले यसअघि नै दूधको मुल्य बढाई सकेका छन् ।

मन्त्रिपरिषदले निर्णय अनुसार बृद्धी भएको मुल्यमा संस्थानले किसानवाट दूध खरिद गरिसकेको छ भने बिहिवार ९आज० वाट उपभोक्ताले नयाँ मुल्य अनुसारको दुध पाउनेछन, डीडीसीका महाप्रवन्धक सन्जिव झाले भने ।

उनका अनुसार अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैया पुगेको छ । यसअघि सो दुधको मुल्य प्रतिलिटर ८६ रुपैयाँ थियो ।

त्यस्तै, गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएर उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँमा विक्रि गर्नेछ भने चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँमा अब उपभोक्ताले खरिद गर्नुपर्नेछ ।

क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाईएको छ । जसअनुसार अब देखी हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्न जानेछ ।

सरकारले यसअघि किसानले पाउने दूधको न्यूनतम मूल्य १० रुपैया बढाएको थियो, जसअनुसार किसानले प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा पाउन थालेका थिए ।

वि.सं.२०७९ चैत २ बिहीवार ०७:४० मा प्रकाशित

You can share this post!

चैते दशैंको दिन महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

चैते दशैंको दिन महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ चैत १५ बुधवार ११:११

काठमाडौं । आज चैत १५ गते बुधबार सुनको भाउ बढेको...

सर्वसाधारणको लागि १३ लाख ४६ हजार कित्ता आईपीओ निष्काशन हुँदै, कति दिन पाइन्छ आवेदन ?

सर्वसाधारणको लागि १३ लाख ४६ हजार कित्ता आईपीओ निष्काशन हुँदै, कति दिन पाइन्छ आवेदन ?

वि.सं.२०७९ चैत १५ बुधवार ०७:५०

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि चैत...

ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ चैत १४ मंगलवार १०:४६

काठमाडौं । आज चैत १४ गते मंगलबार सुनको भाउ घटेको...

दुई सय २० केभीकाे सबस्टेसन निर्माण अन्तिम चरणमा, एक हजार ६ सय मेगावाट विधुत प्रवाह हुने

दुई सय २० केभीकाे सबस्टेसन निर्माण अन्तिम चरणमा, एक हजार ६ सय मेगावाट विधुत प्रवाह हुने

वि.सं.२०७९ चैत १४ मंगलवार १०:१०

लमजुङ  । मर्स्यायाङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२०...

सरकारलाई ८ बुँदे घोषणापत्र हस्तान्तरण गर्दै महिला नेतृत्व शिखर सम्मेलन सम्पन्न

सरकारलाई ८ बुँदे घोषणापत्र हस्तान्तरण गर्दै महिला नेतृत्व शिखर सम्मेलन सम्पन्न

वि.सं.२०७९ चैत १३ सोमवार १८:२४

काठमाडौं । नेपाल उद्योग परिसंघ महिला नेतृत्व मञ्चले आयोजना गरेको...

अबकाशपछि कालिजपालनमा आचार्य, भन्छन्-पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन

अबकाशपछि कालिजपालनमा आचार्य, भन्छन्-पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन

वि.सं.२०७९ चैत १३ सोमवार १४:५४

दाङ । तुलसीपुर उपमहानगरपालिका-१० नयाँ गाउँमा वडा नं ६ निवासी...