back

बिपिडब्लु लघुवित्तको आइपिओ तपाइलाई पर्यो त ? यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सका अनुसार आज चैत ३ गते आइपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपिओमा कुल १४ लाख ५९ हजार ७ सय ८४ जना आवेदकबाट १ करोड ५७ लाख ३५ हजार ८ सय १० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये १५ सय ६ जनाको आवेदन रद्द भएको छ । मागभन्दा बढीको आवेदन परेकोले योग्य रहेका १४ लाख ५८ हजार २ सय ७८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ। जस अनुसार ८ हजार ९५ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदकको भने हातखाली भएका छन् ।

कम्पनीको आइपीओमा अन्तिम दिन सम्म १५ लाख ३२ हजार ९७३ जना आवेदकबाट १ अर्ब ६७ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६५ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

कम्पनीले फागुन १८ गतेदेखि सर्वसाधारणलाई   ८० हजार ९५० कित्ता शेयर निष्काशन गरेको थियो । आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।

आईपीको नतिजा हेर्नका लागि

१. बिक्री प्रबन्धको वेबसाइट :  http://megacapitalmarkets.com

२. मेरो शेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login

३. सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/

वि.सं.२०७९ चैत ३ शुक्रवार ११:२७ मा प्रकाशित

You can share this post!

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

वि.सं.२०७९ चैत १५ बुधवार १७:२१

काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश...

सिराहामा एसईईको तयारी पूरा, १० हजार बढी विद्यार्थी सहभागी हुँदै

सिराहामा एसईईको तयारी पूरा, १० हजार बढी विद्यार्थी सहभागी हुँदै

वि.सं.२०७९ चैत १५ बुधवार १७:०४

मुकेश कुमार यादव / सिरहा । सिराहामा विद्यालय शिक्षाको फलामे...

नबिल बैंकको दुई वटा शाखा कार्यालय स्थानान्तरण हुँदै

नबिल बैंकको दुई वटा शाखा कार्यालय स्थानान्तरण हुँदै

वि.सं.२०७९ चैत १५ बुधवार १६:४०

काठमाडौं । नबिल बैंकको दुई वटा शाखा कार्यालय स्थानान्तरण हुने...

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

वि.सं.२०७९ चैत १५ बुधवार १६:२४

मुकेश कुमार यादब, सिरहा। गोलबजार नगरपालिकाले मेयर श्यामकुमार श्रेष्ठमाथि मोविल...

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

वि.सं.२०७९ चैत १५ बुधवार १६:१९

काठमाडौं । ज्योति विकास बैंकले ग्लोबल मनी विक २०२३ अभियान...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

वि.सं.२०७९ चैत १५ बुधवार १६:०१

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सिईओमा चङकी क्षेत्री नियुक्त...