
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सका अनुसार आज चैत ३ गते आइपीओ बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार आईपिओमा अन्तिम दिन सम्म १५ लाख ३२ हजार ९७३ जना आवेदकबाट १ अर्ब ६७ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६५ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको थियो ।
मागभन्दा बढीको आवेदन परेकोले योग्य रहेका १४ लाख ५८ हजार २ सय ७८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ। जस अनुसार ८ हजार ९५ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हातखाली भएका छन् ।
कम्पनीले फागुन १८ गतेदेखि सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ८० हजार ९५० कित्ता शेयर निष्काशन गरेको थियो ।
वि.सं.२०७९ चैत ३ शुक्रवार ११:२४ मा प्रकाशित