
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो शाखा कार्यालयहरुको आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरु बिक्री गर्ने भएको छ ।
साविकको ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा गाभिई ग्लोबल आइएमई बैंकको नामबाट कारोबार गर्दा विभिन्न स्थानमा रहेका शाखा कार्यालयहरु दोहोरिन गएको छ ।
दोहोरिएका शाखाहरु मध्ये एक शाखा कार्यालयलाई निरन्तरता दिई कारोबार संचालन गरी निरन्तरता नदिइएको शाखा कार्यालयको आन्तरिक सजावट तथा त्यहाँ रहेका स्थिर सम्पत्तिहरु बिक्री गर्नको लागि बैंकले सूचना जारी गरेको छ ।
बैंक तथ वित्तिय संस्था, बिमा कम्पनी, सहकारी तथा अन्य कार्यालय प्रयोजनको लागि उपयुक्त तथा तयारी अवस्थामा रहेको कार्यालय खरिद गर्न इच्छुक संघ/संस्थालाई १५ दिन भित्र खरिद गर्न चाहेको मूल्य सहितको प्रस्ताव बैंकको कमलादीस्थि कार्यालयको सामान्य सेवा विभागमा पेश गर्न अनुरोध गरेको छ ।
वि.सं.२०७९ चैत ३ शुक्रवार १२:५६ मा प्रकाशित