back

सामाजिक सुरक्षा कोषद्वारा पौने ३ अर्ब ७८ करोड दाबी भुक्तानी

काठमाडौं। योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको सामाजिक सुरक्षा कोषले हालसम्म पौने ४ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ। हालसम्म कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ३ अर्ब ७८ करोड रुपैयाँ भुक्तानी गरेको हो।

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ। कोषले २०७६ देखि विभिन्न योजनाको दाबी भुक्तानी गर्दै आएको छ।

कोषले औषधोपचार सुविधाबापत ४४ करोड ५९ लाख ९६ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा सुविधाबापत ५ करोड ४५ लाख १७ हजार, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ६ करोड ४६ लाख ६३ हजार र वृद्धावस्था सुरक्षा योजनाबापत ३ अर्ब २१ करोड ६५ लाख ७१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ। कोषले ६८ हजार ३६ योगदानकर्तालाई १ लाख ६ हजार ४ सय ५८ पटक विभिन्न शीर्षकमा दाबी भुक्तानी गरेको छ।

कोषमा हालसम्म ३ लाख ९९ हजार १ सय ९२ श्रमिक सूचीकृत भएका छन्। सबैभन्दा बढी बागमती प्रदेशबाट ३ लाख ७० हजार २९, कोसीबाट ३८ हजार ८सय ६८, मधेसबाट २१ हजार २सय ४१, गण्डकीबाट १५ हजार २ सय १७, लुम्बिनीबाट १४ हजार ८६, सुदूरपश्चिमबाट १ हजार ५ सय २६ र कर्णालीबाट १ हजार २ सय २५ श्रमिक कोषमा आबद्ध भएका छन्।

कोषमा १७ हजार ७ सय ३४ रोजगारदाता सूचीकृत छन्। हालसम्म ३० अर्ब ७९ करोड रुपैयाँ योगदान रकम संकलन भइसकेको छ।

वि.सं.२०७९ चैत ४ शनिवार १६:१४ मा प्रकाशित

You can share this post!

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

वि.सं.२०७९ चैत १५ बुधवार १७:२१

काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश...

सिराहामा एसईईको तयारी पूरा, १० हजार बढी विद्यार्थी सहभागी हुँदै

सिराहामा एसईईको तयारी पूरा, १० हजार बढी विद्यार्थी सहभागी हुँदै

वि.सं.२०७९ चैत १५ बुधवार १७:०४

मुकेश कुमार यादव / सिरहा । सिराहामा विद्यालय शिक्षाको फलामे...

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

वि.सं.२०७९ चैत १५ बुधवार १६:२४

मुकेश कुमार यादब, सिरहा। गोलबजार नगरपालिकाले मेयर श्यामकुमार श्रेष्ठमाथि मोविल...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

वि.सं.२०७९ चैत १५ बुधवार १६:०१

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सिईओमा चङकी क्षेत्री नियुक्त...

प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने

प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने

वि.सं.२०७९ चैत १५ बुधवार १५:५१

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा  (एकीकृत समाजवादी) ले प्रकाश...

बिपिडब्लु लघुवित्त र मेगा क्यापिटल मार्केट्स बीच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने बारे सम्झौता

बिपिडब्लु लघुवित्त र मेगा क्यापिटल मार्केट्स बीच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने बारे सम्झौता

वि.सं.२०७९ चैत १५ बुधवार १५:३७

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल...